सिरहा, फागुन २ — सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत रूपमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी, नेपाली कम्युनिस्ट पार्टी ,जनमत पार्टी लगायतको प्रभाव रहँदै आएको यस क्षेत्रमा यसपटक मतदाताको धार परिवर्तन हुने संकेत देखिएको छ।
पछिल्ला समय काठमाडौं महानगर पालिकाका पुर्व मेयर बालेन्द्र शाहको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश र उनलाई रास्वपाले प्रस्तावित प्रधानमन्त्रीको रूपमा अघिसारेको हुनाले मधेसमा रास्वपा प्रति युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको मास साइकोलाँजीले देखाउँछन् । सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको कडा अडानलाई मुख्य एजेन्डा बनाएको रास्वपाले सिरहा–२ मा संगठन विस्तार र घरदैलो अभियानलाई तीव्र बनाएको छ।
पुराना पार्टीको नेता तथा कार्यकर्ताहरू भन्दा पनि युवा तथा सर्वसाधारण मतदाताहरूले यसपल्ट मत परिवर्तन गर्ने संकेत देखाइरहेका छन् । “पुराना दलहरूले पटक–पटक अवसर पाए पनि अपेक्षित विकास हुन सकेन, त्यसैले अब नयाँ विकल्प रोज्ने समय आएको मतदातहरूले बताउँछन् ।” विशेष गरी रोजगारी, सुशासन , शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सुधारको अपेक्षाले मतदातामा विकल्प खोज्ने मनसाय देखिन्छ।
स्थानीय बुद्धिजीवी तथा विश्लेषकहरूका अनुसार यदि यही लहर कायम रहेमा सिरहा–२ को चुनावी गणितमा महत्वपूर्ण फेरबदल हुन सक्छ। प्रमुख दलहरू आफ्नो परम्परागत मत आधार जोगाउन सक्रिय भए पनि रास्वपाको बढ्दो प्रभावले प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ।











