नरेश यादव
बरियारपट्टी-सिरहा भन्सार कार्यलय अन्तर्गतको बरियारपट्टी छोटी भन्सार कार्यालयमा राजस्व संकलनमा कमि आएको छ|चालू आर्थिक वर्ष २०८१ जेष्ठ महिनाको मात्र मसान्तसम्ममा आठ लाख भन्दा बढी राजस्व संकलन भएको थियो भने, असार मसान्तसम्ममा राजस्व आधा भन्दा पनि कम संकलन भएको छ| असार महिनामा ३ लाख ८३ हजार १ सय ६६ रुपैयाँ मात्र संकलन भएको छ| राजस्व कमीहुनुको कारण सम्बन्धित कार्यालयको कर्मचरीलाई सोधदा हाल व्यपारीहरू कम आइरहेकोले राजस्व संकलनमा कमि आएको छ| भने घुमाउरो पहरामा जवाफ दिनुभो|तर स्थनीयहरुको आरोप छ , खुल्ला सिमानाका कारण भन्सार कर्मचारी र स्थानीय प्रशासनहरुको सेटिंगमा मुलबाटो छली वैकल्पिक बाटोहरूको प्रयोगगरी ब्यपारीहरुलाई कपडा,चिनी र सागर दुध लगायत सरसमानहरु भित्राउन अप्रत्यक्ष सहयोग गरेकोले केहि दिन यतादेखि राजस्व संकलनमा कमी आएको बताएको छ| राजस्व वृद्धि गर्नको लागि माथिलो निकायको नियमित अनुगमन अपरिहारीय देखिन्छ स्थानीयहरुको निष्कर्ष रहेकोछ|











