Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

घाइते क्याप्टेन मनिष भन्छन्: सय फिट पुगेपछि जहाज खस्यो, दुर्घटनापछि एउटा प्वालबाट आफैँ माथि आएँ

Author Avatar न्यूज डेस्क २०८१ श्रावण १०, बिहीबार २३:०५
घाइते क्याप्टेन मनिष भन्छन्: सय फिट पुगेपछि जहाज खस्यो, दुर्घटनापछि एउटा प्वालबाट आफैँ माथि आएँ

हुलाकी टुडे

काठमाडौं:घाइते क्याप्टेन मनिष भन्छन्: सय फिट पुगेपछि जहाज खस्यो, दुर्घटनापछि एउटा प्वालबाट आफैँ माथि आएँ
विमानको सम्पूर्ण मर्मत (सी चेक) गर्न पोखरा जान लागेको सौर्य एअरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा बाँच्न सफल एक मात्र व्यक्ति क्याप्टेन मनिष शाक्यले ‘सय फिट पुगेपछि जहाज मेरो कन्ट्रोलमा नरहेको’ भन्दै अनुभव सुनाएका छन् ।

आफ्नै जाँचको लागि पोखरा जान लागेको ‘९ एन–एएमई’को विशेष उडान दुर्घटना हुँदा घाइते भएका क्याप्टेन मनिष शाक्यले सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आइसियुमा चिकित्सकहरूसँग अनुभव सुनाएका हुन् ।

सामान्य कुराकानी गर्न सक्ने उनले केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग जहाज उडेलगतै आफ्नो नियन्त्रण बाहिर गएको बताए । करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । अचानक पछि उचाइ गुमाएर तल खस्यो,’’ शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले भनिन् ।

केही बेरपछि होस् आउँदा आफू अँध्यारो सुरुङमा रहेको भेटेको उनले सुनाए । त्यहाँ सानो प्वाल फेला पारेको र आफैँ बाहिर निस्किएको उनले बताए । त्यसबाट आफू माथि नस्किन लाग्दा कसैले माथिबाट तानेको याद रहेको सुनाएका छन् ।

सौर्य दुर्घटना : मर्मतको लागि उडेको जहाजले किन बोक्यो यात्रु ? कस्तो हो जहाज र के हो ‘सी-चेक’ ?

घटनापछिको अवस्थाबारे उनी भन्छन्, ‘‘विमान मेरो नियन्त्रणबाहिर रहेको केही सकेकन्डमै खस्यो । एकछिन ब्ल्याक आउट भयो । केही थाहा भएन । पछि ब्युँझिँदा केहीले थिचिएको जस्तो भारी भयो । एउटा प्वाल भेटे । त्यहाँबाट माथि निस्कन लाग्दा मलाई कसैले तानेको जस्तो लाग्यो । त्यसपछि फेरी के भयो थाहा भएन । पछि होस् आउँदा अस्पतालमा थिएँ ।’’

क्याप्टेन शाक्यको शरीरको विभिन्न भागमा चोट लागेको छ । मुख, खुट्टा, आँखाको भाग, टाउकोलगायतमा चोटपटक छ । प्राथमिक उपचार गरेपछि विभिन्न परीक्षण सुरु गरेको छ ।

शोकमा सौर्य एअरलाइन्स : गुमायो व्यवस्थापन समूहका चारसहित दर्जन दक्ष प्राविधिक र इन्जिनियर

काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै खस्यो ।

घटनामा परेर १८ जनाको मृत्यु भएको छ । मृतक १८ जनामध्ये १६ जना एअरलाइन्सकै प्राविधिक तथा कर्मचारी थिए । बाँकी २ जना पनि एक प्राविधिकका पत्नी र छोरा थिए । पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा पुर्‍याइएको थियो ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

सब–इन्जिनियर यादवको ह*त्या,  मुख्य योजनाकारसहित ३ जना पक्राउ

सब–इन्जिनियर यादवको ह*त्या, मुख्य योजनाकारसहित ३ जना पक्राउ

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध