Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

महिला भलिबलमा भारतको तगारो तोडिएको दिन

Author Avatar शोभा कुमारी यादव २०८१ श्रावण १९, शनिबार २२:५९
महिला भलिबलमा भारतको तगारो तोडिएको दिन

१९ साउन, काठमाडौं । महिला भलिबलमा भारतलाई हराउने दशकौंदेखिको चाहना शनिबार यथार्थमा परिणत भएको छ । काभा वुमन्स नेसन्स लिग २०२४ अन्तर्गत नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारेको छ ।

२०४३ सालदेखि सुरु भएको नेपालको महिला भलिबलमा भारतलाई पहिलो पटक हराएको हो ।

प्रतिस्पर्धात्मक खेलको पाचौं सेटमा नेपाल १४–१३ को अवस्थामा थियो । म्याच प्वाइन्ट उषा भण्डारीले जोडिन् र इतिहास लेखाइन् । लिबरो सलिना श्रेष्ठले दिएको बललाई उषाले भारतीय तीन ब्लकरबाट पन्छाउँदै सेन्टर फ्रन्टमा खसालेपछि नेपाली खेलाडी र समर्थकले सेलिब्रेसन गर्न थाले ।

खचाखच भरिएको कभर्ड हलमा समर्थकको उत्साह बेग्लै थियो । प्रशिक्षक, अफिसियल र पदाधिकारीमा पनि खुसीको सिमाना थिएन । नेपाली खेलकुदमा भारतसँग जुनसुकै खेल सधैं महत्वपूर्ण हुन्छ । त्यसमा पनि लगातार बाधक बन्दै आएको टोलीलाई पहिलो पटक हराउँदा खेलाडीहरु उत्साहित सँगै भावुक बनेका थिए ।

‘जितपछि मेरो मनमा केही थिएन । केही सोच्न सकिएन । भारतसँग खेल्दैछौं है भन्ने डरबाट सुरुवात गरेको खेल आज जित्दा छुट्टै खालको इमोसन (भावुकपन) हुन्छ’, जितपछि कप्तान अरुणा शाहीले भनिन् ।

अन्य ठूला टोलीलाई हराउन भन्दा भारतसँग जित महत्वपूर्ण हुने अरुणा बताउँछिन् । ‘भारतलाई हराउँदा सन्देश अर्कै हुन्छ । अरु राम्रो टोलीलाई हराउँदा त्यति फरक पर्दैन होला, भारतलाई हराउँदा नेपालीहरुमा पर्छ । हामीले रसियालाई जितेको भएपनि आजको जति भ्यालु हुने थिएन’, अरुणाले भनिन् ।

नेपाली महिला भलिबल टोलीले पछिल्लो केही वर्षयता अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । लगातार घरेलु प्रतियोगितामा ब्यस्त महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा लगातार प्रभावशाली प्रदर्शन गरेपनि भारतसँग स्तब्ध हुँदै आएको थियो ।

दक्षिण एसियाली महिला भलिबलमा नेपालले भारतबाहेक अन्य देशलाई लगातार हराउँदै आएको छ । तर भारत नेपालको हरेक प्रतियोगितामा बाधक बनिरहेको थियो ।

भारतको तगारो पन्छाउन नसके पनि पछिल्लो समय नेपालको प्रतिस्पर्धी क्षमता बढिरहेको थियो ।

यही कोर्टमा सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाललाई ऐतिहासिक स्वर्ण जित्न भारत तगारो बनेको थियो । भारतले नेपाली खेलाडी र समर्थक घरेलु मैदानमै रुवाएको थियो ।

१३ औं सागको फाइनलमा भारतसँग नेपाल १७–२५, २५–२३, २५–११, २०–२५ र ६–१५ ले पराजित भएको थियो । ९ महिनाअघि एसियन गेम्समा भारतले नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो ।

नेपालले महिला भलिबलमा एभीसी एसियन सेन्ट्रल जोन २०१९ र २०२१ को उपाधि जित्दा भारत सहभागी थिएन ।

गतवर्ष घरेलु कोर्टमा नै काभा वुमन्स च्यालेन्ज कपमा नेपाल भारतसँग समूह चरणमा ३–१ को सेट (१२–२५, २४–२६, २५–२१ र २१–२५)

सन् २०१९ अघिसम्म महिला भलिबलमा नेपाल भारतसँग सहजै पराजित हुन्थ्यो । तर पछिल्लो समय धेरै विकास हुँदै भारतविरुद्ध प्रतिस्पर्धी क्षमता बढेको थियो । भारतसँगको जितले नेपालको भलिबललाई अर्को उचाइमा पुग्ने मुख्य प्रशिक्षक जगदिश भट्ट बताउँछन् ।

‘भारतको भलिबल हामी भन्दा धेरै माथि छ । तर हाम्रो टिम भावना बलियो थियो, अर्कोतर्फ पहिला हामी भारत भन्दा अलिकति डराउँदै खेल्थ्यौं तर पछिल्लो समय जित्छौं भन्ने मानसिकताका साथ अघि बढेका थियौं’, उनले भने, ‘दुई महिनामा खेलाडीले जसरी हौसला बढाए र भारतलाई जिते इतिहास बन्छ भनेर खेलेका थियौं । त्यो आज सफल भयो ।’

भारतलाई हराउँदा नेपाली भलिबलको स्तर नै बढेको महसुस भएको प्रशिक्षक भट्टले बताए । ‘यसले सरकार र समर्थकलाई दबाब पर्ने नै छ । अब भलिबलले केही गर्न सक्छ र प्राथमिकतामा राख्नुपर्छ भन्ने खालको सकारात्मक सन्देश दिएको छ’, उनले भने ।

शनिबारको खेलमा ओपन स्पाइकर निरुता ठगुन्नाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । खेलपछि उनले भारतलाई जित्न सकिन्छ भन्ने प्रमाणित गर्ने सोचले खेलेको प्रतिक्रिया दिइन् ।

मा हारेको थियो । त्यसपछि सेमिफाइनलमा काजाकिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

शोभा कुमारी यादव

सम्बन्धित खबर

सब–इन्जिनियर यादवको ह*त्या,  मुख्य योजनाकारसहित ३ जना पक्राउ

सब–इन्जिनियर यादवको ह*त्या, मुख्य योजनाकारसहित ३ जना पक्राउ

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध