भारतस्थित राजस्थानको उदयपुरमा एउटा हृदयविदारक घटना भएको छ । जहाँ एक युवकले एक किशोरीलाई रेलको अगाडि धकेले । जसका कारण उनको मृत्यु भयो ।
भारतीय सञ्चारमाध्यमका अनुसार नाबालिग ती किशोरीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवकले त्यस्तो हर्कत गरेका हुन् । प्रहरीले घटनामा संलग्न युवकलाई पक्राउ गरेको छ। उक्त घटना प्रताप नगर थाना क्षेत्रको देबारीमा रहेको झारोंकी सराईको रेलवे ट्र्याकमा भएको हो ।
प्रताप नगर प्रहरी थाना इलाका अधिकारी भरत योगीले किशोरीलाई रेलको अगाडि धकेलेर हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । नाबालिग बालिका कम्प्युटर कक्षा लिन घरबाट निस्किएकी थिइन् । तर घर नफर्किएपछि परिवारका सदस्यले प्रहरी चौकीमा उजुरी दिएका थिए ।
धेरै अनुसन्धानपछि प्रहरीले झरोंकी सराई देवरी रेलवे ट्र्याकमा किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ । परिवारका सदस्यले छोरीको शव पहिचान गरेका थिए ।
केटीलाई रेलवे ट्र्याकमा बोलाएर प्रेम प्रस्ताव
प्रहरीका अनुसार कुन्दिवडा देबारी निवासी शुरवीर सिंह नाम गरेको ती युवकले ती किशोरीलाई रेल ट्र्याकमा बोलाए । अनि प्रेम प्रस्ताव राखे । तर केटीले स्वीकार गरिनन् । यसपछि रिसाएर उनले किशोरीलाई गुडिरहेको रेलको अगाडि धकेले । जसमा परी किशोरीको मृत्यु भयो । प्रहरीले कडाइका साथ सोधपुछ गरेपछि युवकले उक्त कुरा बताएका हुन् ।











