Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

मधेसका डीआईजीको खातामा अस्वाभाविक रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए

Author Avatar न्यूज डेस्क २०८१ भाद्र १६, आईतवार २१:२८
मधेसका डीआईजीको खातामा अस्वाभाविक रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए

बरियारपट्टी: प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एकजना डीआईजी फस्न लागेको खुलासा गरेका थिए । अन्ततः आइजीपी कुँवरको संकेत मधेस प्रदेशका डीआईजीतिर लक्षित रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उदघाटन कार्यक्रममा बोल्दै आइजीपी कुँवरले प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियान चलिरहेको बताएका थिए । उनले कुनै गलत काममा नलाग्न मातहतका प्रहरीलाई चेतावनी दिएका थिए । उनले एकजना डीआईजी फस्न लागेको बताएपछि यो विषयले संगठनभित्र हल्लीखल्ली नै मच्चियो ।

स्रोतका अनुसार आइजीपीले संकेत गरेका डीआईजी हुन्– मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल । उनको बैंक खातामा अस्वभाविक कारोबार भेटिएको भन्दै छानविन सुरु भएको प्रहरीको उच्च स्रोतले टुडेलाई बतायो ।

डीआईजी पोखरेलको विषयमा छानविनका क्रममा जाँदा ‘लहरो तान्दा पहरो गर्जिने’ उखानजस्तै भएको छ । फलस्परुप भ्रष्टाचार र अनैतिक धन्दामा डीआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेसका ९ र कोशीका एकजना प्रहरीलाई वयानका लागि छानविन समितिले हेडक्वार्टरमा झिकाएको छ ।

एक बिचौलिया पक्राउ

डीआईजी पोखरेलमाथि भइरहेको छानविनका क्रममा उनले बिचौलियामार्फत लेनदेन गरेको भेटिएको प्रहरी हेडक्वार्टरको दाबी छ । पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोत बताउँछ ।

लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाडौबाट मधेस झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलिया जितेन्द्र कर्णलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौ लगेको स्रोतले बतायो ।

यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा डीआइजी पोखरेलसँग सम्पर्क हुन सकेन । मधेस प्रहरी कार्यालयमा सम्पर्क गर्दा आन्तरिक विषयमा बोल्न नमिल्ने जवाफ आयो ।

१० प्रहरी हेडक्वार्टर तानिए

डीआईजी पोखरेलमाथि भइरहेको छानविनकै क्रममा नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखाले मधेस प्रदेशका ९ र कोशी (भोजपुर)का एकजना समेत गरी १० प्रहरीलाई छानविनका लागि हेडक्वार्टर तानेको

१. सई चन्द्रप्रसाद यादव– सीमा प्रहरी चौकी दुहबी, धनुषा

२. असई उपेन्द्र प्रसाद यादव– प्रहरी चौकी मोहवा, सप्तरी

३. वरिष्ठ हवल्दार निरज कुमार साह– जिप्रका धनुषा

४. हवल्दार बच्चेलाल यादव– जिप्रका बारा

५.हवल्दार बृजेस मुखिया– इप्रका बालाङ्खा, भोजपुर

६. हवल्दार शैलेन्द्रप्रसाद कुर्मी– इप्रका निजगढ

७.सहायक हवल्दार अशोककुमार यादव– प्रहरी चौकी जनकुरधाम

८.सहायक हवल्दार ईश्वर अच्छामी– मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम

९. सहायक हवल्दार मुकुन्द शर्मा– प्रहरी चौकी कपिलेश्वर, धनुषा

१० जवान सतेश लाल कायस्थ– जिप्रका धनुषा

 

 

 

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

सब–इन्जिनियर यादवको ह*त्या,  मुख्य योजनाकारसहित ३ जना पक्राउ

सब–इन्जिनियर यादवको ह*त्या, मुख्य योजनाकारसहित ३ जना पक्राउ

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध