सिरहा ,साउन १८। सिराहा जिल्लाको औरही गाउँपालिकामा सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा गम्भीर लापरवाहीसम्बन्धी एक विवादास्पद घटना सार्वजनिक भएको छ। गाउँपालिका अध्यक्ष शिवजी यादव भारतको तीर्थ यात्रामा रहँदा गाउँपालिकाको नाममा भाडामा लिएको सरकारी गाडी अध्यक्षकै छोरा रुकेशकुमार यादवले व्यक्तिगत रूपमा प्रयोग गर्दै आएका थिए।
दुर्घटना भएको गाडीको विवरण पालिका संग पटक पटक माग गर्दा विभिन्न कारण देखाई नदिदा, यसले के स्पष्ट गर्छ भन्ने कानुनी रूपमा आफू चोखिनको लागि पालिकाले गाडी भडामा लिदा करार सम्झौता गरेका कागजातहरू सक्तिको आडमा हेरफेर गरेको हुनसक्ने देखिन्छ । नाम नखोल्ने शर्तमा एक कर्मचारीले भने यो गाडी धेरै समय अगाडिदेखि भाडामा पालिकाले नै प्रयोग गर्दै आएको हो।तर गाडी अध्यक्षको छोरोले सिकने क्रममा दुर्घटना गर्दा,सम्झौता पत्र लगायत अन्य भाडामा लिइएको कागजातहरू नष्ट पारेको हो।
यही गाडीले शुक्रबार बिहान करिब ९ बजे वडा नं. ५ र ३ को सिमानामा पर्ने कुट्टी नजिकै दुर्घटना गर्यो। प्रत्यक्षदर्शीका अनुसार, रुकेश यादव सो गाडी सिक्ने क्रममा थिए र गाडी नियन्त्रण गुमाउँदै दुर्घटना भएको हो।
स्थानीयहरूका अनुसार, दुर्घटनामा मानवीय क्षति नभए पनि गाडीमा क्षति पुगेको छ। तर घटना घटेको झण्डै दुई दिन पुग्दा पनि न त गाउँपालिकाले कुनै औपचारिक स्पष्टीकरण दिएको छ, न त प्रहरीले सार्वजनिक रुपमा जानकारी दिएको छ।
त्यस्तै राजनीतिक र सत्ताको दम्भ , दवाव र प्रभावमा पीडित लाई उजुरी गर्न समेत दिएको छैन्। भने उल्टै क्षतिपूर्ति दिन माग गरिरहनु भएको छ। पछि सरकारी गाडी हो भनी थाहा भए पछि भित्रभित्रै घटना मिलाउने प्रयास भइरहेको छ।
यस घटनापछि स्थानीयवासीहरू आक्रोशित छन्। उनीहरूले गाउँपालिका अध्यक्ष यादव र उनका छोराले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाउँदै, निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरेका छन्।
एक स्थानीय बासिन्दाले भने, “गाउँपालिकाको गाडी सिक्न प्रयोग गर्नु सिधा जनताको सम्पत्तिको अपमान हो। अझ दुःखको कुरा त, दुर्घटनाको समाचार समेत दबाउन खोजिएको छ।”
दुर्घटनासँगै उठेका मुख्य प्रश्नहरू:
गाउँपालिकाको गाडी अध्यक्ष नभएको अवस्थामा कसको निर्देशनमा छोरा चलाइरहेका थिए?
गाडी चलाउन प्रयोग भएको व्यक्तिको चालक अनुमतिपत्र (लाईसेन्स) थियो कि थिएन ।
स्थानीय अधिकारकर्मीहरूले गम्भीर रूपमा गाउँपालिका प्रशासन, प्रहरी प्रशासन र दोषी पक्षलाई जवाफदेही बनाउनु पर्ने माग राखेका छन्। उनीहरूले दुर्घटनामा पीडितलाई क्षतिपूर्ति दिनुका साथै, सार्वजनिक सम्पत्ति प्रयोगमा देखिएको व्यवस्थापकीय लापरवाहीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेका छन्।
यो घटना एउटा गाडी दुर्घटनाको विषय मात्र होइन, सत्ताको आडमा सार्वजनिक सम्पत्तिको सिधै दुरुपयोग हो। यसैलाई भन्छ सरकारी सम्पत्तिमा रजगज।











