सिरहा, बरियारपट्टी । बरियारपट्टी बजारलाई स्वच्छ र आकर्षक बनाउन केही दिनदेखि सरसफाइ अभियान सुरु गरिएको छ। उक्त अभियानको नेतृत्व स्वतन्त्र युवा संजय यादवले गरेका छन्। अभियानमा स्थानीय युवाहरू रविन यादव,बिजय यादव,पपु यादव,श्रवण यादव,रंजित ठाकुर,मनोज राम,किसुन ठाकुर लगायत स्थानीय व्यापारीहरूको सक्रिय सहभागिता रहेका छन्।
अभियान अन्तर्गत बजार क्षेत्रका मुख्य सडक, नाली, सार्वजनिक स्थल तथा बजारको ठाउँ –ठाउँमा थुप्रिएको फोहर संकलन गरी व्यवस्थापन गरिएको छ। साथै खभियानताहरूले पसलेहरूलाई आफ्नो पसल अगाडि आफै सफा राखाैं, डस्टविन खरिद गरि राखाैं,फोहर डस्टविनमा राखाैं भने सचेत समेत गराएका छन् ।

अभियानता यादवले बजारलाई सफा राख्न सबै नागरिक एकताबद्ध हुनुपर्ने बताए। “बरियारपट्टी बजार हाम्रो साझा घर हो, यसलाई सफा राख्नु हाम्रो सबैको नैतिक दायित्व हो। युवा पुस्ताले नै समाजलाई बदलन सक्छ र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ,” हामीप्रतिबद्ध छाैं, यस अभियानलाई हामी सफल गरेर नै छाडछाैं उनले भने।
यस सरसफाइ अभियानलाई स्थानीय व्यापारी, समाजसेवी,पत्रकार र सर्वसाधारणले सकारात्मक रूपमा लिदै स्वागत गरेका छन्। उनीहरूले यस्ता अभियानहरू निरन्तरता पाउने हो भने बजार क्षेत्रको वातावरण स्वच्छ र स्वास्थ्यप्रद हुने विश्वास व्यक्त गरेका छन्।











