सिरहा, माघ ४ — सशस्त्र प्रहरी बल नेपाल नं. ७ गणको टोलीले आज (२०८२ माघ ४ गते) अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको करिब २ लाख ३४ हजार ५७० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, बोर्डर आउटपोस्ट (बीओपी) बरियारपट्टीका इन्स्पेक्टर पशुपति खनालको नेतृत्वमा खटिएको टोलीले सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा उक्त सामान बरामद गरेको हो। बरामद सामानमा करिब १ लाख १३ हजार १७० रुपैयाँ बराबरको कपडा, २१ हजार ४०० रुपैयाँ बराबरको किराना सामान, साथै करिब १ लाख रुपैयाँ मूल्य पर्ने पल्सर मोटरसाइकल समेत रहेको जनाइएको छ।

इन्स्पेक्टर खनालका अनुसार यी सामानहरू अवैध बाटो प्रयोग गरी भारतबाट नेपालतर्फ ल्याउने क्रममा नियन्त्रणमा लिइएका हुन्। बरामद सम्पूर्ण सामान आवश्यक कानुनी कार्वाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको उनले जानकारी दिए।











