सप्तरी –जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले सप्तरी–२ मा आफू कमजोर हुँदै गएपछि बाजी हात पार्न अनेक उपाय खोज्न थाल्नु भएको छ । सप्तरी–२ का उम्मेदार राउतको जनाधार दिनदिनै खस्किदै गएपछि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गुहारेको स्रोतले जनाएको छ ।
जसपा नेपालबाट सो क्षेत्रमा उमेश यादव उम्मेदवारी दिनुभएको छ । उहाँको पक्षमा जनलहर देखिनपछि तनावमा रहनुभएका राउत जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सहयोगका लागि आग्रह गर्नुभएको बताइएको छ । सप्तरी–३ मा उम्मेदवार रहनु भएका उपेन्द्र यादवलाई सघाउने र सप्तरी–२ मा आफूलाई सघाउन आग्रह गरिएको बुझिएको छ । तर स्रोत भन्छन्, ‘उमेश यादव त्यसका लागि तयार हुनुभएन, उपेन्द्र यादव सकारात्मक देखिए पनि जसपा नेपाल सप्तरी–२ का उम्मेदवार उमेश यादव सिके राउतलाई कुनै पनि हालतमा सहयोग नगर्ने भन्नुभएको छ ।’
जसपा नेपालका उमेश यादव आफू चुनाव जिति रहेको कारण छाड्ने काम कुनै पनि हालता हुन नसक्ने बरु यसपटक सिके राउतले आफूलाई सहयोग गरोस् अर्को पटक आफ्नो तर्फबाट सहयोग हुने खबर पठाएको स्रोतले जनाएको छ । माओवादी केन्द्र छाडेर जसपा नेपालमा आउनु भएका उमेश यादवले टिकट पाएर चुनावमा होमिनु भएको छ । सप्तरी–२ उपेन्द्र यादवको क्षेत्र हो तर उमेश यादवका लागि उहाँले सो क्षेत्र छाडेर आफू ३ नम्बरमा जानुभएको हो ।
गत चुनावमा सिके राउतबाट पराजित हुनुभएका उपेन्द्र यादव यसपटक ३ मा सर्नुभएको छ । तर सप्तरी–२ मा चुनाव जिते पनि खासै उपलब्धी मुलक काम नगरेको कारण त्यहाँका जनता नरुचाएको बताइएको छ । बरु सांसद नभएपनि सिके राउतभन्दा उमेश यादव सो क्षेत्रमा पपुलर हुनुहुन्छ ।
सिके राउतभन्दा बढी काम गरेको, जनताको साथमा रहेको, जनताको दुखसुखमा साथ दिएको चर्चा राजविराजमा सुनिएको छ । गत चुनावमा सिके राउतले गरेका वाचा पुरा नगरेको गुनासो भइरहेको छ । सप्तरी–२ का जनतालाई ठुला ठुला सपना देखाएर मत बटुलेर चुनाव जिते पनि त्यो अनुसार काम नगरेको गुनासो क्षेत्रमा सुन्न पाइन्छ । बरु विगतमा जसपा नेपालले गरेको कामलाई आफूले गरेको दावी गरिरहनु भएको छ ।
गत चुनावमा पाँच लाख युवालाई रोजगारी दिने आश्वासन बाँडेर चुनाव जित्नु भएका सिके राउतले यसपटक ३० हजार जेनजीलाई प्रहरीमा भर्ना गर्ने आश्वासन बाँड्दै हिडेको कुराको पनि आलोचना क्षेत्रमा भइरहेको छ । राजविराजमा कपडा पसल गर्दै आउनु भएका एक व्यपारीले भन्नुभयो, ‘यो क्षेत्रमा दोहोर्याएर कोही पनि चुनाव जित्नु भएको छैन, यो कुरा थाह पाउँदा पाउँदै बेकारको प्रयास गरिरहनु भएकोछ।
स्रोत -सहारा टाईम्स











