बरियारपट्टी:सेप्टेम्बर ८ अर्थात बिश्व साक्षरता दिवस सन् १९६५ मा युनेस्कोले हरेक बर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषण गरेको हो।यसै लाई आधार मानी आाज नेपालमा पनि देशै भरि “बहुभाषिक शिक्षाको प्रबर्द्धन पारस्परिक साझेदारी र शान्तिको लागि साक्षरता ” भने मुल नाराको साथ ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवर मनाइरहेको बेला बरियारपट्टी गाउँपालिकाले बेवास्ता गरि यसपाली साक्षरता दिवस मनाएन ।

बरियारपट्टी गाउँपालिकाले यस वर्ष साक्षरता दिवस नमनाएको घटनाले शिक्षाको बेवास्ता गरेको जनगुनासो रहेको छ। प्रत्येक वर्ष विश्वव्यापी रूपमा साक्षरता दिवस मनाइने र शिक्षालाई प्रवर्द्धन गर्ने अवसरको रूपमा लिइने भए तापनि गाउँपालिकाले यस पटक कुनै कार्यक्रमको आयोजना नगरेकोमा विद्यार्थीहरू र अभिभावकहरू निराश भएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार, नेताहरूले निर्वाचन का बेला ठुला-ठुला भाषण गरीआफूलाई शिक्षाको मसियाहा साबित गर्ने तर गाउँपालिकाको शिक्षा प्रणालीमा सुधारका लागि प्रभावकारी पहल नभएको र शिक्षक तथा शैक्षिक स्रोतहरूको अभावले विद्यार्थीहरू प्रत्यक्ष प्रभावित भइरहेका छन्। साक्षरता दिवसको अवसरमा जनचेतना फैलाउन आवश्यक कार्यक्रमहरू आयोजना नगरिनुले शिक्षा क्षेत्रमा स्थानीय निकायको बेवास्ता रहेकाे देखिन्छ ।
आजको दिनसम्म पनि यस पालिका भित्र धेरै बालबालिका हरू शिक्षाको पहुँच भन्दा टाढा रहेकोले अभिभावकहरूले पनि गाउँपालिकाको यस कदमप्रति जनप्रतिनिधिहरू तथा सरोकारवालाहरू प्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले भनेका छन् कि यस्तो महत्वपूर्ण दिवसलाई बेवास्ता गर्दा बालबालिकाको भविष्यप्रति खेलवाड भएको हामीलाई महसुस भएको छ।
शिक्षाविद्हरूका अनुसार, यस प्रकारका गतिविधिहरूले बालबालिकामा शिक्षा र साक्षरताको महत्त्वलाई नबुझी लापरवाहीगर्दा बालबालिकामा दीर्घकालीन असर पार्न सक्छ। शिक्षा जस्तो संबेदनशील बिषयमा सरोकारवालाहरूले नजरअन्दाज गर्दा पालिकाको बिकास कुनैपनि हालतमा सम्भव नहुने बिज्ञहरूको निष्कर्ष रहेको छ।











