भारतीय बजारबाट लुकिछिपी ल्याइएको गुणस्तरीयहिन कुखुराको मासु सिरहाका सिमावर्ती बजार बरियारपट्टीमा खुलेआम बिक्रीवितरण
सिरहा, बरियारपट्टी — सिरहाको बरियारपट्टी बजारसहित विभिन्न सिमावर्ती क्षेत्रमा भारतीय बजारबाट लुकिछिपी अबैधरूपमा ल्याइएका कुखुराको मासु गुणस्तरीयता परीक्षणबिनै खुलेआम बिक्रीवितरण भइरहेको पाइएको छ।
भारतिय बजारबाट राति करिव १:३० बजे लुकिछिपी मोटरसाइकलमा ल्याइरहेको करिव ८० के.जि.कुखुरा सहित स.५ प.४३१० नम्बरको मोटरसाइकल शस्त्र प्रहरी बल बरियारपट्टीले नियन्त्रणमा लिई कुखुरालाई खाल्डोमा पुरी डिस्पोज गरिएका छन् । साथै नियन्त्रणमा लिइएका मोटरसाइकललाई कानुनसम्मत माडर भन्सार कार्यालयलाई बुझाएको छ।
स्थानीय बासिन्दाले भनेअनुसार रातारात भारतीय सीमा हुँदै मोटरसाइकल , साईकल र साना सवारीमार्फत कुखुरा नेपाल भित्र्याई बिहानै बजारमा पुर्याइन्छ। नेपाल सरकारले तोकेको स्वच्छता र स्वास्थ्य मापदण्ड पालना नगरी खुलेआम बरियारपट्टी बजारका मासु पसलले भारतीय बजारबाट सस्तो मुल्यमा ल्याइएका रोगबाट ग्रसित कुखुराका मासु बिक्रीवितरण गरिरहेकाछन् । त्यतिमात्र हैन नाम नखोल्ने सर्तमा एक उपभोक्ताले भने मरेका कुखुराका मासु पनि बिक्री गरिरहेकाछन् यो भन्दा गम्भीर अपराध को हुन सक्छ ? यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम बढेने सरोकारवालाहरूले बताएका छन्।
बरियारपट्टी, औरही, खोक्सि ,दरहिया लगायत साना– हाटबजारमा यस्ता कुखुराको मासु महगो मूल्यमा उपभोक्तहरूले किन्ने गरेका छन्। इनिहरू गुणस्तरीयता प्रमाणपत्र र पशुसेवा कार्यालयको अनुमति बिना नै बिक्री गरिरहेकाले यस किसिमको मासु स्वास्थ्यको दृष्टिकोणले खतरनाक हुनसक्ने विज्ञहरूको चेतावनी छ।
यस्ता कार्यहरूको नियन्त्रण गर्न अति आवश्यक देखिन्छ । साथै स्थानीय प्रशासन र प्रहरी निकायले निगरानी बढाउनुपर्ने माग उपभोक्ताहरूले गरेका छन्।

