सिरहा –सिरहा प्रहरीले शुक्रबार बिहान सुखिपुर नगरपालिका–४ स्थित पोखरिया गाउँबाट ७ क्विन्टल १७ किलोग्राम लागुऔषध( गाँजा ) र १३ प.२१५२ नं. को होण्डा कम्पनीको एक मोटरसाइकल समेत बरामद गरेको छ। प्रहरीको संयुक्त टोलीले ६० वर्षीय मेदि यादवको घरबाट २६ वटा पोका र पछि १ पोका गरि जम्मा २७ वट पोकाा गाँजा फेला पारेको हो।
गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बलको बेस क्याम्प सुखिपुर र प्रहरी चौकी सिलौर्वापछवारीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा यादवको घरमा लुकाई राखिएको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए।
गाँजा राखिएको घरका मालिक मेदि यादव भने हाल फरार छन्। प्रहरीले उनको खोजतलास तीव्र पार्दै अनुसन्धान जारी राखेको जनाएको छ। बरामदी गाँजा सम्बन्धि विस्तारित अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएका छन् ।











