Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

सिरहामा सशस्त्र प्रहरी एसपी नरेश भण्डारीको इमानदारी र सक्रियता: तस्करी नियन्त्रण र राजस्व संकलनमा ऐतिहासिक सफलता

Author Avatar शोभा यादव २०८२ श्रावण ४, आईतवार १०:५२
सिरहामा  सशस्त्र प्रहरी एसपी नरेश भण्डारीको इमानदारी र सक्रियता: तस्करी नियन्त्रण र राजस्व संकलनमा ऐतिहासिक सफलता

सिरहा, साउन ५ – सिरहा जिल्ला सशस्त्र  प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेश भण्डारीको इमानदार नेतृत्व, कडाइका साथ गरिएको निगरानी र रणनीतिक सुरक्षात्मक कदमहरूको कारणले जिल्ला तस्करमुक्त बन्दै गएको छ। तस्करी तथा लागूऔषध कारोबारमा उल्लेख्य कमी आउनुका साथै लक्षित राजस्वभन्दा बढी रकम संकलन गर्न सफल भएको तथ्यांकले देखाएको छ।

आ.ब. २०८१/०८२ मा सिरहामा सशस्त्र प्ररही बल, नेपालले सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण तथा विपद् व्यवस्थापनमा सक्रिय भई गरेका कार्यहरु

सिरहा, सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हे.क्वा. सिरहाले संगठनले दिएको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्दै आर्थिक बर्ष २०८१/०८२ मा सीमा सुरक्षा, राजश्व अभिबृद्दी, लागुऔषध नियन्त्रण र विपद् व्यवस्थापनमा उल्लेखनिय कार्य सम्पादन गरेको छ ।

यस जिल्लामा सशस्त्र प्रहरीको गण -१, प्रस्तावित सीमा सुरक्षा गुल्म -२, बोर्डर आउट पोष्ट -५, सुरक्षा बेश -५ गरी जम्मा -१३ वटा युनिट संचालनमा रहेका छन् ।

राजश्व अभिवृद्धिको सम्बन्धमा आ.ब. २०८१/०८२ मा सशस्त्र प्रहरी बल, नेपाल सिरहाले ठुलो मात्रामा भन्सार तथा  राजश्व छली अबैध निकासी पैठारीलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ । यस अवधिमा मुख्य गरी लताकपडा, किराना सामान, हार्डवेयर, ईलेक्ट्रोनिक्स, औषधी, मदिरा, पशुचौपाय, नगद, नदी जन्य पदार्थ, काठ र अबैध ढुवानीमा प्रयोग भएका सवारी साधन बरामद गरेको हो ।

ति मध्ये लताकपडा मुल्य रु. २,६६,०८,३०६ /-, किराना सामान रु. २,२०,८२,२४०/-, हार्डवेयर रु. ४३,५८,०७३/-, ईलेक्ट्रोनिक्स रु.४०,७१,८९५/-, मदिरा रु. २३,५१,१५०/-, पशुचौपाय रु. १३,५६,६००/-, नगद रु. ४,००,००० /- र काठ रु. ९३,५००/-, सवारी साधन (मो.सा. २२२ वटा, पिकअप/स्कारपियो ६ वटा, म्याजिक १ वटा, ट्रयाक्टर २१ वटा, सिटि सफारी/अटो/रिक्सा ४ वटा) रु.३,३७,०८,९३०/- र अन्य सामन  सहित जम्मा मुल्य रु. ९ करोड ६० लाख ९३ हजार ९८० बराबरको सामान बरामद गरेको छ साथै त्यस्ता क्रियाकलापमा संलग्न १५ जना व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ । गत आ.व. २०८०/०८१ मा मुल्य रु. ८ करोड ४१ लाख १७ हजार ७३८ बरामद रहेको थियो । सिरहामा सशस्त्र प्रहरी बल, नेपालको सक्रियताले गर्दा मुख्य भन्सार कार्यालय माडर, मुख्य भन्सार कार्यालय ठाडी र छोटी भन्सार कार्यालय बरियारपट्टी सहितको आ.ब. २०८१/०८२ को अनुमानित लक्ष्य रु.  १६ करोड ३६ लाख ३४ हजार रहेकोमा रु. १९ करोड ३९ लाख २ हजार ५६८ राजश्व उठाउन सफल भएको छ जुन अनुमानित लक्ष्यको ११८.५ % असुली रहेको छ ।

सीमा सुरक्षाको सम्बन्धमा सीमा पैदल गस्ती, LRP, सीमा स्तम्भहरुको मर्मत तथा रंगरोगन, भारतीय समकक्षी (SSB) संग ज्वाईन्ट पट्रोल, Counter parts coordination meeting, सीमावासी संग अन्तरकृया कार्यक्रम, विभिन्न जनचेतनामुलक कार्यक्रम, सीमा सहजिकरण समितिको बैठक, सीमाबासिसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत चापाकल निर्माण, विद्यालयमा स्टेशनरी सामान वितरण, सशस्त्र प्रहरी परिवार महिला संघको “२४ औ बार्षिक उत्सव” को अवसरमा बरियारपट्टी गा.पा. ०३ स्थित श्री जनता माध्यमिक बिद्यालयमा १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गर्दा  ५२२ जना स्थानिय लाभान्वित भएका थिए । साथै सीमामा आवत जावत गर्ने सर्वसाधारणहरुको सुविधाको लागी प्रस्तावित सीमा सुरक्षा गुल्म माडर, ईनर्वा र बि.ओ.पि. बरियारपट्टी गरी जम्मा ३ वटा हेल्प तथा हेल्थ डेस्क स्थापना गरेको छ ।

लागुऔषधको सम्बन्धमा ३२.७९१ ग्राम ब्राउण्ड सुगर, २३.४ के.जी. तयारी गाँजा, विभिन्न परिमाणमा Nitravet Tablet, promethazine hydrochloride Injection, Diazepam Injection, Buprenoremorphina Injecton, SPASMO PROXYVON क्याप्सुल जस्ता लागुऔषध सहित २१  जना व्यक्ति नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ । लागुऔषध दुर्व्यसनि सम्बन्धि जनचेतना जगाउने उद्देश्यले सडक नाटक समेत आयोजना गरेको छ ।

आन्तरीक सुरक्षा सम्बन्धमा महत्वपुर्ण व्यक्तिहरुको सुरक्षा, राजमार्ग सुरक्षा तथा जिल्लाका विभिन्न स्थानहरुमा भएका झडप, आन्दोलन, सडक अवरुद्ध, मेला/चार्डपर्व, धर्ना कार्यक्रमहरुमा परिचालन भई शान्ति सुरक्षा प्रदान गरेको छ ।प्रत्येक यूनिट स्तरमा २४/७ परिचालन हुन सक्ने गरी Quick Response Team को व्यवस्था गरेको छ र हुल तथा दंगा व्यवस्थापन सम्बन्धि विभिन्न निकायहरुको समन्वयमा संयूक्त अभ्यास संचालन गरेको ।

विपद् व्यवस्थापनको सम्बन्धमा आ.ब. २०८१/०८२ मा जिल्लाका विभिन्न स्थानहरुमा सवारी दुर्घटनामा परिचालित भई घाईते तथा मृतक गरी १२५ जना उद्धार, विभिन्न स्थानमा भएको आगलागि तथा बाढी/डुवानमा परेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । समुदाय स्तरमा विपद् सम्बन्धि सुचना प्राप्तिमा सहकार्य, परिचालन, सहजिकरण र उद्धारमा समन्वयको लागि जिल्लाका प्रत्येक वडामा २५/२५ जनाको दरले विपद् सुचक तयार, जोखिम तथा क्षति न्यूनिकरण गर्न सडक दुर्घटना, भुकम्प सम्बन्धि, मनसुनजन्य विपद् सम्बन्धि संयूक्त सिमुलेसन अभ्यास संचालन गरेको छ साथै सम्भावित मनसुनजन्य विपद्लाई मध्य नजर गरी सिरहा न.पा.  ०१ सदरमुकाममा विपद् सामाग्री सहित २४ सै घण्टा परिचालन हुने गरी अस्थायी विपद् व्यवस्थापन बेश स्थापना गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हे.क्वा. सिरहाले राजश्व अभिवृद्धी, सीमा सुरक्षा, लागुऔषध नियन्त्रण तथा विपद् व्यवस्थापनमा प्रभावकारी एव क्रियासिल ढङ्गले कार्य सम्पादन गरी उल्लेखनिय योगदानद्धारा आफुलाई अवल सुरक्षा निकायको रुपमा चिनाउन सफल भएको छ । आगामि दिनहरुमा चोरी, तस्करी, लागुऔषध/हात हतियार कारोबार र कुनै पनि गैर कानुनी कार्य प्रति अझ वढी निर्मम हुने, सीमामा थप प्रभावकारी ढङ्गले परिचालन भई सीमा सुरक्षालाई सुदृढ बनाउने तथा सम्भावित विपद्बा ट जनताको जिउधनको सुरक्षामा गणपति सशस्त्र प्रहरी उपरिक्षक नरेश भण्डारीले प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

शोभा यादव

सम्बन्धित खबर

सब–इन्जिनियर यादवको ह*त्या,  मुख्य योजनाकारसहित ३ जना पक्राउ

सब–इन्जिनियर यादवको ह*त्या, मुख्य योजनाकारसहित ३ जना पक्राउ

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध