Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

आर्थिक अभावले रोकियो सत्यनारायणको चिकित्सक बन्ने सपना

- सत्यनारायण साफीले चिकित्साशास्त्र अन्तर्गत एम.बि.बि.एस.को प्रवेशिका परिक्षाको पुर्ण छात्रवृत्तिमा नाम निकाले पनि आर्थिक अभावका कारण चिकित्सक बन्ने सपना पूरा नहुने सम्भावना । -स्थानीय सरकार,जनप्रतिनिधिहरू तथा समाजसेवीहरू संग आर्थिक सहयोगको अपेक्षा ।

Author Avatar शोभा यादव २०८२ पुष १०, बिहीबार १०:३१
आर्थिक अभावले रोकियो सत्यनारायणको चिकित्सक बन्ने सपना

सिरहा-बरियारपट्टी गाउँपालिका वडा नं.–२ (श्रीपुर  ) का सत्यनारायण साफीले एम.बि.बि.एस. अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन्। तर गम्भिर आर्थिक संङ्कटका कारण उनी अध्ययन सुरु गर्नसमेत असमर्थ भएका छन्।

साफीका बुवा वैदेशिक  रोजगारमा हुँदा छोरोलाई जसोतसो खर्च पठाइरहेका थिए। उनी यसै आधारमा SEE सम्मको पढाइ श्री जनता मा.वि.बरियारपट्टी-३ बाट गरे भने +2 बिराटनगर बाट उत्तीर्ण गरेका हुन। त्यसपछि उनमा डाक्टर बनी देशलाई सेवा गर्ने सपना पलायो । उनी

सँग केही थिएन , थियो भने केवल सपना र मिहिनेत यसै सपना साकार पार्न उनले केही अनलाइन मार्फत्  किताबहरू मगाई दिनभर मजदुरी गर्दै आफ्नो पढाइलाई निरन्तरता दिए।

 

साधारण किसान परिवारमा जन्मिएका साफीले हालै सम्पन्न चिकित्सा शिक्षा प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सरकारी कोटाअन्तर्गत पूर्ण छात्रवृत्तिमा एम.बि.बि.एस. अध्ययनका लागि छनोट भएका हुन्। उनी राप्ती मेडिकल कलेज  दाङको घोराहीमा जसोतसो साथीभाईको सहयोगमा भर्ना त भए तर, ट्युसन शुल्क , होस्टेल खर्च, किताब–कापी तथा दैनिक जीवनयापनका लागि आवश्यक रकम जुटाउन नसक्दा उनको डाक्टर बन्ने सपना  अन्योलमा परेको छ।

साफीका बुवा हाल वैदेशिक रोजगार बाट घर फर्केका हुन, उनी र उनका बुबाआमाले दैनिक मजदुरी र अरूको  खेतीपातीमा काम गरी परिवार धान्दै आएका छन्। परिवारको कमजोर आर्थिक अवस्थाका कारण लाखौँ रुपैयाँ बराबरको प्रारम्भिक खर्च जुटाउन नसकिरहेको  स्थानीयहरूले बताउँछन्।

यस विषयमा वडा नं.–२ का स्थानीय बासिन्दाहरूले प्रतिभाशाली  विद्यार्थीको भविष्य जोगाउन स्थानीय सरकार, समाजसेवी,जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। “छात्रवृत्ति पाएर पनि आर्थिक अभावका कारण पढ्न नपाउनु दुःखद हो,” एक स्थानीय अगुवाले जितेन्द्र यादवले  भने।

यदि आवश्यक सहयोग जुट्न सके सत्यनारायण साफीले चिकित्सक बनेर समाज र देशको सेवा गर्ने सपना पूरा गर्न सक्ने आशा गरिएको छ। अहिले उनको परिवारले सम्बन्धित निकाय तथा दातृ संस्थाहरूसँग सहयोगको अपिल गरिरहेको छ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

शोभा यादव

सम्बन्धित खबर

सब–इन्जिनियर यादवको ह*त्या,  मुख्य योजनाकारसहित ३ जना पक्राउ

सब–इन्जिनियर यादवको ह*त्या, मुख्य योजनाकारसहित ३ जना पक्राउ

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध