सिरहा,बरियारपट्टी — २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) बोर्डर आउटपोस्ट (बिओपी) बरीयारपट्टीले माजकुर गण मुख्यालयको सहयोगमा अति विपन्न तथा विपन्न वर्गका ३० घरपरिवारलाई कमल वितरण गरेको छ।
चिसो मौसमका कारण दैनिक जीवनमा कठिनाइ भोगिरहेका लक्षित परिवारलाई राहत पुर्याउने उद्देश्यले उक्त सहायतामूलक कार्यक्रम आयोजना गरिएको बिओपी बरियारपट्टीका इन्स्पेक्टर पशुपति खनालले जनाएको छ।
कार्यक्रममार्फत सशस्त्र प्रहरी बलले सुरक्षा सेवासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै समुदायसँगको सम्बन्ध थप मजबुत बनाएको स्थानीयवासीहरूले बताएका छन्।
सशस्त्र प्रहरी बल नेपालले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने हुलाकी टुडेलाई जनाएको छ।











