Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

एन्जल बस चालकका छोरा-छोरीको शिक्षाको जिम्मा वीरगन्ज महानगरले लिने

Author Avatar न्यूज डेस्क २०८१ श्रावण ७, सोमबार २२:१३
एन्जल बस चालकका छोरा-छोरीको शिक्षाको जिम्मा वीरगन्ज महानगरले लिने

हुलाकी टुडे                                                                                                                                                                  जनकपुरधाम: चितवनको सिमलतालमा भएको बस दुर्घटनामा परी त्रिशूली नदीमा बेपत्ता भएको एन्जल डिलक्स बसका चालकको छोरा-छोरीको शिक्षाको जिम्मा वीरगन्ज महानगरपालिकाले लिने भएको छ।गत शुक्रबार नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता बनाएको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जेल डिलक्स बसका चालक जवाहीर महतोको नाबालक दुई छोरा र १ छोरीको शिक्षादीक्षाको जिम्मा वीरगन्ज महानगरपालिकाले लिने भएको हो।

बससंगै त्रिशूली नदीमा बगेका वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३६ वर्षीय जवाहीरको अवस्था अझै अज्ञात छ। दुर्घटना भएको ६ दिन भइसक्दा पनि उनीसँगै अरु ४८ जना फेला पर्न सकेका छैनन्।

बुधबार बिहान नगवास्थित जवाहीरको घरमा पुगेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पीडित परिवारसँग भेटे। पीडित परिवारको पीडामा आफूहरूसँगै रहेको बताउँदै मेयर सिंहले जवाहीरका दुई छोरा र एक छोरीको शिक्षादीक्षाको जिम्मा महानगरपालिकाले लिने बताए। उनले चालक जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको पनि बताए।

जवाहीरका बृद्ध बुबा भगवान महतोलाई सान्तवना दिँदै मेयर सिंहले भने, ‘तपाईँहरूको पीडासँगै हामी छौं। जवाहीरजीका छोरा छोरीका पढाइलिखाईको जिम्मा महानगरले लिन्छ। अरु केही सहयोग चाहिन्छ भने भन्नुहोला। हामी सहयोग गर्छौ।’
बुबा भगवान्का अनुसार, २ छोरा, १ छोरी र श्रीमती रहेका जवाहीरले रात्रि बस चलाएर जीविकोपार्जन गर्दै आएका थिए। घरको मूली (जवाहिर) नै नरहेपछि परिवार विचल्लीमा परेको दुखेसो उनले मेयर सिंहसामु सुनाए।

जवाहीरका शोकमग्न परिवारलाई मेयर सिंहले भेटेपछी पीडित परिवारमा पीडाको बोझ केहि मात्रामै कमि भए पनि महानगरको अभिभावकले स्वयम आफै आएर सान्त्वना दिदा पीडित परिवारको मनोवल उच्च भएको छ|

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

अबको प्रधानमन्त्री को ? सुशीला कार्कीलाई ‘पपुलिष्ट भोट’

यसरी भयाे सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने र संसद विघटन गर्ने सहमति

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
सम्पादक: नबिता कुमारी यादव
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध