Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

औरही गाउँपालिकामा कमिसन लिई मात्र चेकमा हस्ताक्षर गर्ने यी प्रमुख प्रशासकीय अधिकृत ।

Author Avatar न्यूज डेस्क २०८१ श्रावण २१, सोमबार २३:०६
औरही गाउँपालिकामा कमिसन लिई मात्र चेकमा हस्ताक्षर गर्ने यी प्रमुख प्रशासकीय अधिकृत ।

हुलाकी टुडे    

बरियारपट्टी :सिरहाका एक जना सरकारी अधिकारीले घुस र कमिसन वापतको रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका छन् । औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजित झाले रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका हुन् भने सथानियाहरुको  भनाइ रहेको छ।

प्रमुख प्रशासकीय अधिकृत झाले एक दुई जनासँग मात्र होइन दर्जनौ कर्मचारी र स्वयं गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पनि कमिसन वापतको रकम पहिले नै उनको बैंक खातामा जम्मा गर्न लगाएर मात्र भुक्तानीको चेकमा हस्ताक्षर गरिदिएका छन् ।

आर्थिक वर्षको अन्त्य गत असार २५ गतेदेखि साउनको ८ गतेसम्ममा प्रमुख प्रशासकीय अधिकृत झाको विभिन्न बैंक खातामा कमिसन र घुसको १० लाख भन्दा माथि रकम जम्मा भएको छ । लगभग १० लाख जति उनले नगदै पनि बुझिलिएका छन् ।

औरही पालिकामा कार्यरत वन व्यवस्थापन अधिकृत सुशिल यादवसँग प्रमुख प्रशासकीय अधिकृत झाले २१ हजार कमिसन लिए । वन अधिकृत यादव भन्छन,“समृद्धिको लागि वन परियोजना इकाईमा म कार्यरत छु । जनतालाई भुक्तानी नदिंदा मेरो खप्पर फुटाउने र कमिसन नदिए हाकिम झाले चेकमा हस्ताक्षर नगरिदिने । ८८ हजारको चेक लिन बाध्य भएर नगद १५ हजार दिएँ तर उनले मानेनन् । २१ हजार लिएरै छाडे । मेरो बैंक खाताबाट उनको खातामा ६ हजार ट्रान्सफर गरिदिएँ पछि बल्ल चेकमा सही गरिदिए । उनले भने गत साउन ७ गते राष्ट्रिय वाणिज्य बैंकमा रहेको मेरो खाताबाट उनको सिद्धार्थ बैंकमा रहेको खाता नं. ×××××१८३८०९ मा ६ हजार रकम पठाएँ । ”

वन अधिकृत यादव भन्छन् , “मेरो भत्तावापतको रकमको पनि चेक काटिएको थियो । तर त्यो चेकमा सही गर्न ५० प्रतिशत कमिसन मागेपछि मैले दिन मानिन् । प्रमुख प्रशासकीय अधिकृत झाले चेकमा सही गरिदिएनन् । मेरो भत्ता डुब्यो । ” यादवले भने, ओभरसियर मनोज कुमार यादवले त नगद १ लाख बुझाए पछि उनको सुपरभिजनमा रहेका योजनाहरुको भुक्तानी चेकमा हस्ताक्षर गरिदिए । यादव भन्छन् , म अख्तियारमा गएर पनि यति कुरा वयान दिन तयार छु । कारवाहीमा परे पनि सहन्छु । उनले थपे घुस लिन्या मात्र देशको शत्रु हो । घुस दिन्या त विवश जनता हुन् ।

औरहीकै प्रताप कुमार यादवले रातको १ बजे ९८××७०२४९५ नं.बाट ईसेवामार्फत रुपैयाँ १२ हजार झाको ईसेवामा रकम हस्तान्तरण गरेपछि उनको चेकमा हस्ताक्षर गरियो । रमानन्द यादवले पाउने भुक्तानीको ५ वटा चेक काटिएको थियो । उनले कमिसन नदिने भनेपछि प्रमुख प्रशासकीय अधिकृत झाले उनकै अगाडि ५ वटै चेक च्यात्तचुत्त पारेर फालिदिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत झालाई कमिसन बुझाउनेहरुमा सव इन्जिनियर आनन्द यादव , इन्जिनियर दीपेन्द्र यादव, सव इन्जिनियर बीरेन्द्र कुमार सिंह, इन्जिनियर सुरेन्द्र कुमार यादव र गाउँपालिका अध्यक्ष शिवजी यादवका छोरा रुकेश यादव पनि छन् ।

उनीहरुले न्युनतम ५१ हजारदेखि ३ लाखसम्म प्रमुख प्रशासकीय अधिकृत झाको बैंक खातामा रकम जम्मा गरिदिएका हुन् । इन्जिनियरहरुले आ–आफ्नो जिम्मामा रहेको साइटका उपभोक्ता समितिबाट घुस र कमिसनको रकम उठाएर झालाई बुझाएका हुन् ।

वन अधिकृत यादव भन्छन् , “मेरो भत्तावापतको रकमको पनि चेक काटिएको थियो । तर त्यो चेकमा सही गर्न ५० प्रतिशत कमिसन मागेपछि मैले दिन मानिन् । प्रमुख प्रशासकीय अधिकृत झाले चेकमा सही गरिदिएनन् । मेरो भत्ता डुब्यो । ” यादवले भने, ओभरसियर मनोज कुमार यादवले त नगद १ लाख बुझाए पछि उनको सुपरभिजनमा रहेका योजनाहरुको भुक्तानी चेकमा हस्ताक्षर गरिदिए । यादव भन्छन् , म अख्तियारमा गएर पनि यति कुरा वयान दिन तयार छु । कारवाहीमा परे पनि सहन्छु । उनले थपे घुस लिन्या मात्र देशको शत्रु हो । घुस दिन्या त विवश जनता हुन् ।

उनीहरुले न्युनतम ५१ हजारदेखि ३ लाखसम्म प्रमुख प्रशासकीय अधिकृत झाको बैंक खातामा रकम जम्मा गरिदिएका हुन् । इन्जिनियरहरुले आ–आफ्नो जिम्मामा रहेको साइटका उपभोक्ता समितिबाट घुस र कमिसनको रकम उठाएर झालाई बुझाएका हुन् ।

जो जसको भुक्तानी लिनु पर्ने थियो उनीहरु सबै कमिसन रकम बोकेर जनकपुर जानु परेको र उनले त्यहाँ पालिकाले भाडा तिर्ने गरी गोप्य रुपमा खडा गरेकोे सेटलाइट कार्यालयमा बसेर कमिसन बुझ्दै चेक दिंदै गरेका थिए ।

सिरहा क्याम्पसका स्ववियु सभापति दीपेन्द्र कुमार यादव भन्छन् , “पालिका अध्यक्ष यादव र लेखापाल यादवले प्रमुख प्रशासकीय अधिकृत झालाई छल्न खोजेका थिए । तर चलाख झालाई कागताली प¥यो । झाले दुबै जनालाई थाङ्ना सुताए । अध्यक्ष यादव र लेखापाल यादव झाको अगाडि जुठो लोटाएको गोबर झैं भए । जनकपुर बसेर सम्पूर्ण कमिसन रकम असुले पछि एक दिन अचानक पालिकामा आएर हतार हतार हाजिरी गरेर फेरि जनकपुर गए । झा अझैसम्म फर्केर पालिका आएका छैनन् । सायद उनी आउँदैनन् पनि। ”

घटना विवरण अनुसार गत असार २४ गते राति औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र लेखापाल देवेन्द्र यादव पालिका भवन छोडेर सदरमुकामस्थित कुनै अज्ञात स्थलमा बसेर चेक काट्न थाले । पालिका अध्यक्ष र लेखापालले दुबै जनाले मोवाइलको स्वीच अफ गरिदिए । प्रमुख प्रशासकीय अधिकृत झाले उनीहरु दुबै जनासँग सम्पर्क गर्न खोजे तर असार २५ गते दिउँसो मात्र सम्पर्क हुनसक्यो । आफूलाई थाहै नदिई अज्ञात स्थलमा गएर अध्यक्ष र लेखापालले मनमौजी भुक्तानीको चेक काटेको भन्दै प्रमुख प्रशासकीय अधिकृत झा रिसाएर जनकपुरस्थित आफ्नो घर गएर बसिदिए ।

औरही पालिकामा कार्यरत एक इन्जिनियरले नाम उल्लेख नगर्ने शर्तमा बताए अनुसार प्रमुख प्रशासकीय अधिकृत झाले हरेक चेकको २० प्रतिशत रकम नगद वा बैंक खातामा जम्मा गरेपछि टिप्पणी सदर गरेर त्यस–त्यस चेकमा हस्ताक्षर गरिदिए । पालिका अध्यक्ष यादव र लेखापाल यादवको बठ्याई प्रमुख प्रशासकीय अधिकृत झाको अगाडि लम्पसार प¥यो । दुबैलाई कक्रयाएर घर बसी–बसी २० लाखभन्दा अधिक कमिसन कुमल्याए ।

स्थानीय पत्रकार सन्तोष यादव भन्छन् , घुस र कमिसन लिएको धेरै घटनाको समाचार लेखियो तर यसरी बैंक खातामै हाकाहाकी घुस र कमिसनको रकम जम्मा गर्न लगाउने दुस्साहास गर्ने पहिलो सरकारी अधिकारी देखियो । पत्रकार यादव भन्छन् , औरही पालिकाका आधा दर्जन कर्मचारी र स्वयं पालिका अध्यक्षले छोरामार्फत ईसेवा र मोवाइल बैंकिङ्गबाट झाको खातामा रकम जम्मा गरिदिएका छन् । पत्रकार यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको यस घटनातर्फ ध्यानआकृष्ट गराउँदै छानविन गर्न माग गरेका छन् । पत्रकार यादव भन्छन् औरहीका सबै कर्मचारीको बैंक खाता र प्रमुख प्रशासकीय अधिकृत झाको सबै बैंक खाताको छानविन हुनुपर्छ ।

आर्थिक वर्षको अन्त्यमा अर्थात असार २८ गतेदेखि साउनको ८ गतेसम्म आधा दर्जन व्यक्तिसँग कैफियत महलमा सापटी फिर्ता लेख्न लगाएर रकम जम्मा गराउनु घुस वा कमिसन होइन भनेर प्रमाणित गर्न सक्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले भने, “ केही फरक पर्दैन । छानविन गर्नेले गरोस् । परेको बेहोर्न तयार छु । ”

यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत झाको प्रतिक्रिया माग्दा उनले बैंक खातामा रकम जम्मा गर्न लगाएको  अस्वीकार गरे । उनले भने , “मैले सापटी दिएको रकम फिर्ता लिएको हुँ , घुस र कमिसन लिएको होइन । ”

कुन कुन मितिमा क–कसलाई कति कति रकम सापटी दिनुभएको थियो ? सापटी दिंदा बैंकमार्फत नै दिनुभएको थियो त ? भन्ने प्रशन गर्दा  । उनले भने , “मैले सापटी दिएको रकम फिर्ता लिएको हुँ , घुस र कमिसन लिएको होइन ” घुमाउरो तरिकाले जवाफ दिदै  सिधै अस्वीकार   गरे|

 

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

:

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

अबको प्रधानमन्त्री को ? सुशीला कार्कीलाई ‘पपुलिष्ट भोट’

यसरी भयाे सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने र संसद विघटन गर्ने सहमति

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
सम्पादक: नबिता कुमारी यादव
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध