सिरहा ,बरियारपट्टी– हुलाकी राजमार्गको दायाँबायाँ वृक्षरोपणमा ठूलो भ्रष्टाचार भएको छ। हुलाकी राजमार्ग निर्माणसँगै हरियाली प्रवर्द्धनको उद्देश्यले वन डिभिजन कार्यालय लाहान द्वारा आ.व.०८०/०८१ मा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको थियो। यस अन्तर्गत राजमार्गका दुवै किनारमा विभिन्न प्रजातिका रूखहरू रोपिएका थिए। तर कार्यक्रमको प्रभावकारिता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।
स्रोतका अनुसार, डिभिजन वन कार्यालय लाहानले वृक्षारोपणको लागि अनुमानित रू १३ लाख बजेट छुटयाईएको थियो। जसमध्ये औरही गाउँपालिकाको हुलाकी सडक क्षेत्रमा सडक पेटिको दायँबाया 3.25 कि.मि.मा कागजमा १३ सय वटा रूख रोपने योजना बनाए पनि ६ सय रूख मात्र लगाएर रू.१२ लाख ८७ हजार रकम निकासा गरेको हो । वृक्षारोपणमा राज्य कोषको अति ठूलो रकम लगानी गरेपनि रोपिएका रूखमध्ये १० प्रतिशत पनि उम्रिन सकेका छैन।
यस वाट के स्पष्ट हुन्छ भने यसमा वन डिभिजन कार्यालय लाहानले ठूलो भ्रष्टाचार गरेको हो।
स्थानीय बासिन्दाहरूले भने, “रूख रोपेर पछि त्यसको स्याहारसुसार हुनुपर्छ।तर यहाँ रूख रोपेर त्यसलाई बेवास्ता गरियो। यसले सरकारी बजेट दुरुपयोग भएको प्रमाणित हुन्छ।
सामाजिक अभियन्ता र पत्रकारहरूले भने यो कार्यक्रम योजनाबद्ध ढंगले रकम दुरुपयोग गर्नका लागि मात्रै सञ्चालन गरिएको हुन सक्ने आशंका गरेका छन्।
हुलाकी राजमार्गको हरियाली प्रवर्द्धन कार्यक्रमले अपेक्षाकृत नतिजा दिन नसकेपछि यसले सरकारी योजनाहरूको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ। यस विषयमा स्थानीय तह, संघीय सरकार र सरोकारवाला निकायहरूले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन्।