Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

विराटनगरमा ‘डेजल प्रोडक्सन हाउस’ सञ्चालनमा, जिम र डान्स प्रशिक्षण एकै ठाउँमा

Author Avatar न्यूज डेस्क २०८१ माघ २२, मंगलवार २१:०३
विराटनगरमा ‘डेजल प्रोडक्सन हाउस’ सञ्चालनमा, जिम र डान्स प्रशिक्षण एकै ठाउँमा

विराटनगर । आधुनिक जिम तथा नृत्य प्रशिक्षणको नयाँ गन्तव्यका रूपमा ‘डेजल प्रोडक्सन हाउस प्रा. लि.’ विराटनगरको जलजला चोकमा सञ्चालनमा आएको छ। करिब २ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यस संस्थाले फिटनेस तथा डान्स प्रशिक्षणलाई व्यवस्थित, आधुनिक र प्रमाणित रूपमा प्रदान गर्ने लक्ष्य लिएको छ।

डेजल प्रोडक्सन हाउसमा जिम, जुम्बा, साल्सा, हिपहप, क्लासिकल तथा अन्य बिभिन्न डान्स शैलीको प्रशिक्षण प्रदान गरिनेछ। साथै, नृत्य प्रशिक्षणलाई प्रमाणपत्र तहसम्म विस्तार गर्दै यस क्षेत्रका प्रशिक्षार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अवसर प्रदान गर्ने योजना बनाइएको छ।

संस्थाका सञ्चालक श्याम देव साहका अनुसार यस जिम तथा डान्स एकेडेमीमा वर्ल्ड क्लास ट्रेनरहरूबाट प्रशिक्षण प्रदान गरिनेछ। “फिटनेस र नृत्य दुबै स्वास्थ्य र आत्मविश्वासका लागि महत्त्वपूर्ण छन्। त्यसैले, इच्छुक व्यक्तिहरू ढुक्क भएर डेजल प्रोडक्सन हाउससँग आबद्ध हुन सक्नुहुन्छ,” साहले बताए।

फिल्म मेकर तथा कोरियोग्राफर साइमन राजवंशीले डान्स कोर्सहरूबारे जानकारी दिँदै भने, “डेजल प्रोडक्सन हाउसले पेशागत रूपमा प्रशिक्षण प्रदान गर्दै यहाँका प्रशिक्षार्थीहरूलाई फिल्म तथा म्युजिक भिडियो उद्योगमा अवसर दिलाउने लक्ष्य राखेको छ। हामीले विभिन्न स्टेज शो, प्रतियोगिता तथा म्युजिक भिडियोहरूमा प्रशिक्षार्थीहरूलाई सहभागी गराउने योजना बनाएका छौँ।”

डेजल प्रोडक्सन हाउसमा आधुनिक जिम उपकरण, कार्डियो भास्कुलर फिटनेस मेसिन, वेट ट्रेनिङ उपकरण तथा व्यक्तिगत प्रशिक्षण सेवा उपलब्ध छ। फिटनेस तथा स्वास्थ्यप्रति सचेत रहन चाहनेहरूका लागि यो संस्थान एक उत्कृष्ट गन्तव्य बन्ने विश्वास लिइएको छ।

संस्थाको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। प्रमुख अतिथि महेश महर्जनले रिबन काटेर संस्थाको उद्घाटन गरे। उनले फिटनेस तथा नृत्य प्रशिक्षणलाई स्वस्थ जीवनशैलीका लागि अपरिहार्य रहेको बताउँदै प्रशिक्षकको निगरानीमा रहेर सही विधिले व्यायाम तथा प्रशिक्षण लिन सबैलाई आग्रह गरे।

उद्घाटन कार्यक्रममा विराटनगरका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूले डेजल प्रोडक्सन हाउसले यस क्षेत्रको फिटनेस तथा नृत्य क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

संस्थाले आगामी दिनमा , अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरूसँग सहकार्य गर्ने अवार्ड शो गर्ने तथा म्युजिक भिडियो तथा फिल्मका लागि डान्सर तथा फिटनेस ट्रेनर उत्पादन गर्ने योजना बनाएको छ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

अबको प्रधानमन्त्री को ? सुशीला कार्कीलाई ‘पपुलिष्ट भोट’

यसरी भयाे सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने र संसद विघटन गर्ने सहमति

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
सम्पादक: नबिता कुमारी यादव
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध