सिरहा।इतिहाससङ्ग रूचि भएकाहरूलाई अवश्य थाहा होला कि नेपालमा पनि एउटा यस्तो युवराज भए जो प्रेमको खातिर राजगद्दी अस्वीकार गरेका थिए । ६+१ को बाउ भए पनि यिनी आफ्नो सालीसङ्ग लठ्ठिएपछि बुबा राजा कुनै पनि हालतमा विहेको पक्षमा थिएनन । पछि गृहमन्त्री वीपीले महाराजलाई सम्झाई बुझाई गरेपछि उनी मान्न त माने तर विहेमा आफु नवस्ने शर्त तेर्स्याए र विहेको दिन उनी भारतको बम्बेतिर लागे । फेसबूक भएकोले विस्तृत लेखिन । खोजवीन गरेर पढ्नु भयो भने असाध्यै रोचक छ । तर जुन व्यक्तिले यिनलाई सुखी जीवन बनाउन हर प्रकारको सहयोग गरे तिनै महान व्यक्तिलाई यिनले विना कसुर र कुनै मुद्दा मामिलाबिना 8 वर्षसम्म जेलमा राखेर आफ्नो निरन्कुश र आततायी चरित्रको लागि नेपालको प्रजातान्त्रीक इतिहासमा कालो धब्बाको रूपमा विख्यात भए । अहिले यिनै निरन्कुश चरित्र वोकेको सन्स्था सल्बलाउन थालेपछि सबैभन्दा बढी भ्रष्ट चरित्र भएका नेताहरू चिन्तित भएका छ्न । तर, राजतन्त्र सङग्राहलयमा थन्किसकेकोले यी भ्रष्ट नेताहरूलाई चिन्तित हुन आवश्यक छैन । हामी जनता देशी तथा विदेशी तत्वहरूलाई हर प्रकारको जवाफ दिन सक्षम देखिएका छौ।