Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

Author Avatar न्यूज डेस्क २०८२ आश्विन ४, शनिबार ०८:२९
जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

राजविराज– पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका कन्द्रिय नेता उमेशकुमार यादवले जेन–जी आन्दोलनका क्रममा आफूलाई मार्ने सम्मको षड्यन्त्र भएको खुलासा गरेका छन्। साधारण प्रदर्शनबाट नियोजित रुपमा आफनो घर र सवारीमा आक्रमण भएको र त्यसको अध्ययन गर्दै जाँदा आफनो ज्याननै मार्ने लक्षित हमला भएको उनले खुलासा गरेका हुन।

यो घट्नाले राजनीतिक असहिष्णुता र योजनाबद्ध हिंसात्मक रणनीतिहरूको संकेत गरेको उनको भनाइ छ। निर्वाचन र पार्टीको आन्तरिक भावी प्रतिस्पर्धासँग जोडिएर आफुमाथि प्रतिशोधात्मक मनोवृत्ति र नियोजित हमला भएको दाबी उनको छ।

‘यो केवल भीडको उत्साह वा स्थानिक क्रोध मात्रै होइन — कुनै तहबाट भ्रामक सूचना, उतेजना र नेतृत्वहीन आन्दोलनको प्रवर्धन गरेर विशेष रुपमा टार्गेट गरिएको छ। यो तथ्यले आन्दोलनमा भाग लिने स्वयंसेवक र यसको नेतृत्वबीचको जिम्मेवारी र नियन्त्रित अभियानको प्रश्नलाई बलियो बनाएको छ।’– उनले भनेका छन्।

‘आन्दोलनका नाममा भएका कृयाकलाप स्वतः सिर्जित थिएनन, कुनै तहबाट निर्देशित क्रियाकलाप र जानकारीले परिस्थितिलाई खतरा बनाएको देखिन्छ’ उनले भनेका छन्–‘मेरै मात्र निवासमा किन आक्रमण गरियो।’

स्थानीय शुभचिन्तक र आम नागरिकको सक्रियताले थप ठूलो मानविय क्षति हुनबाट जोगिएको भन्दै उनले सहयोगीलाई धन्यावाद दिएका छन्। यादवले आन्दोलन आह्वान गर्ने नेताहरूलाई प्रश्न गरेका छन्–‘सप्तरी जस्तो संवेदनशील भूभागमा प्रदर्शनको दायित्व कसले लियो र किन नेतृत्वले व्यापक सुरक्षा व्यवस्थापन र समन्वयको व्यवस्था गरेन ?’

आन्दोलनको नाममा बालबालिका तथा आम सर्वसाधारणलाई खतरामा पारेर ठूलो राजनीतिक फाइदा लिन खोज्ने प्रयासले समाजमा दीर्घकालीन क्षति पु¥याउन सक्ने यादवले चेतावनी दिएका छन्। आफ्नो पार्टीप्रति गर्व र प्रतिबद्धता व्यक्त गर्दै उनले भनेका छन्–‘यो बिन्दुले आन्दोलन र व्यक्तित्वबीचको सीमारेखा, जिम्मेवारी र आलोचनात्मक दृष्टिकोणको आवश्यकता औंल्याउँछ।’ यादवले आफनो गाडीमाथि भएको आक्रमणको भीडीओसमेत सामाजिक सञ्जालमा शेयर गरेका छन्।

आफ्ना बालिकाको सुरक्षा र व्यवहारिक शिक्षा प्रति सचेत हुन हुनुहोला। ती बालबालिकालाई दोष दिनु भन्दा पहिले अभिभावक र समुदायले उनीहरूलाई उतेजित हुने किसिमका गतिविधिबाट बचाउनु आवश्यक छ, नत्र अर्को ठूलो मानवीय क्षति हुन सक्छ।’– उनले चेतावनी दिएका छन्।

घटनापछि यादवले प्रशासनिक र अनुसन्धान निकायहरूलाई समन्वयात्मक र पारदर्शी अनुसन्धान अघि बढाउन आग्रह गरेका छन्। नियोजित उतेजनाको शृंखला र तिनका स्रोतहरूको छानबिन गरेर दोषीहरूलाई कानुनी कार्वाहीमा ल्याउनुपर्ने उनको माग छ। राजनीतिक स्थायित्व र समाजिक सद्भाव कायम राख्न तत्काल रुपमा सुरक्षा उपाय, सत्यनिरुपण र सजगता आवश्यक रहेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

अबको प्रधानमन्त्री को ? सुशीला कार्कीलाई ‘पपुलिष्ट भोट’

यसरी भयाे सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने र संसद विघटन गर्ने सहमति

सुशीला कार्की कानुनले प्रधानमन्त्री बन्न मिल्दैन ? सभामुख र राष्ट्रिय सभा अध्यक्षको

सुशीला कार्की कानुनले प्रधानमन्त्री बन्न मिल्दैन ? सभामुख र राष्ट्रिय सभा अध्यक्षको

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
सम्पादक: नबिता कुमारी यादव
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध