सिरहा, बरियारपट्टी । बरियारपट्टी गाउँपालिका वडा नं. ५ मा अवस्थित जनजागरण संघले “हाम्रो अभियान असल समाज निर्माण” भन्ने उद्देश्यका साथ दसैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष ओपेन्द्र प्रसाद यादवले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नेशनल माइक्रोफाइनान्सका कार्यकारी अधिकृत राम बहादुर यादव रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिहरूमा वडा नं. ५ का वडा अध्यक्ष शिवनारायण यादव, प्रधानाध्यापकहरू उमेश प्रसाद साह,दिनेश प्रसाद यादव, प्रमोद यादव र देव प्रसाद यादव लगायतका उपस्थिति रहेको थियोे । साथै समाजसेवी , शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू भब्य उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले भने चाडपर्वले सामाजिक एकता, भाईचारा र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने उल्लेख गर्दै जनजागरण संघको “असल समाज निर्माण” अभियान प्रशंसनीय रहेको बताए। उनले यस अभियानलाई सफल बनाउन स्थानीय तह, बुद्धिजीवी, युवा र महिला सबैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए।
बिशिष्ट अतिथिहरूले पनि शुभकामना व्यक्त गर्दै समाजमा सहयोग, सद्भाव र आपसी एकताबिना सुदृढ विकास सम्भव नभएको धारणा राखे। उनीहरूले संघका गतिविधिहरूले स्थानीयस्तरमा चेतना जगाउने र समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा शिक्षक, विद्यार्थी, महिला समूह, युवा क्लवका प्रतिनिधि तथा स्थानीय बासिन्दाको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। अन्त्यमा अध्यक्ष यादवले सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी सामाजिक तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।