शोभा कुमारी यादव
बरियारपट्टी: मिथिला क्षेत्रमा साउन महिनामा हरियो चुरा र सारिको विशेष महत्त्व छ। यो महिना भगवान शिवको पूजा अर्चना गर्ने समय हो, विशेष गरी विवाहित महिलाहरूका लागि। हरियो चुरा र हरियो रंगको सारि साउने सोमबारमा धारण गर्नु परम्परागत र धार्मिक मान्यता अनुसार शुभ मानिन्छ।
हरियो रंगले प्रजनन क्षमता, हरियाली, समृद्धि र दीर्घायुको प्रतीकको रूपमा मानिन्छ। महिलाहरू साउन महिनामा हरियो चुरा र हरियो कपडा लगाएर भगवान शिव र पार्वतीको आशीर्वाद लिने मिथिलाञ्चल नारीहरुमा जनविश्वास रहदै आएका छन् , जसले उनीहरूको परिवारमा सुख, समृद्धि र स्वास्थ्यको कामना गरिन्छ।
साउन महिनामा विशेष गरेर सोमबारको दिन उपवास बस्ने, शिव मन्दिरमा गई पूजा गर्ने र हरियो चुरा तथा साडी लगाउने चलनले धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा महत्वपूर्ण स्थान राख्छ।