बरियारपट्टी,फागुन २८ – समाजमा समानता र सद्भावको सन्देश दिन बरियारपट्टी गाउँपालिका उपाध्यक्ष ममता कुमारी यादवले मुखिया समुदायकी एक युवतीलाई आफ्नै हातले कन्यादान गरेका छन्।
बरियारपट्टी गाउँपालिका वडा नम्बर -३(शिवनगर)बस्ने बाैधा मुखियाका छोरा सुरेश मुखिया र त्यही गाउँपालिका वडा नम्बर -२(श्रीपुर) बस्ने भगलु मुखियाका छोरी अंजलिता कुमारी मुखियाको विवाह समारोहमा उपाध्यक्ष ममता कुमारी यादवले पिता समान भूमिका निर्वाह गर्दै कन्यादान गरेपछि समाजमा यो घटनाले सकारात्मक चर्चा पाएको छ।
विवाह समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न समुदायका व्यक्तिहरूको उपस्थिति थियो। उपाध्यक्ष यादवले भने, “समाजमा जातीय भेदभाव अन्त्य गर्न र सबैलाई समान अवसर दिनु र समाजमा आर्थिक रूपमा पछाडि परेकालाई अगाडि बढाउन हाम्रो कर्तव्य हो। यो विवाहले सामाजिक एकताको नयाँ उदाहरण प्रस्तुत गर्नेछ।”
स्थानीयहरूका अनुसार यो कदमले समाजमा आर्थिक रूपमा पछाडि परेका मुखिया परिवारको वैवाहिक गठबन्धनले परिवारमा खुशी छाएको छ।