Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

नियमित योग अभ्यास जरुरी : प्रदेश प्रमुख भण्डारी

Author Avatar न्यूज डेस्क २०८१ असार ५, बुधबार ११:४६
नियमित योग अभ्यास जरुरी : प्रदेश प्रमुख भण्डारी

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले मानव जीवनलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ बनाउनका लागि योग तथा प्राकृतिक चिकित्साको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।

प्रदेश प्रमुख भण्डारीले १०औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बीरगञ्ज स्थित भारतीय वाणिज्य दूतावासले आज जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीमा आयोजना गरेको योग शिविरमा बोल्नु हुँदै सो कुरा बताउनु भएको हो ।

उहाँले नेपालको हिमालय क्षेत्रमा वैदिक का देखि नै ऋषिमुनिहरुले योग गरेको उल्लेख गर्नुहुँदै योग तथा प्राकृति चिकित्सकको अध्ययन अध्यापन नेपाल संस्कृत विश्व विद्यालयको वाल्मीकि विद्यापीठमा अहिले पनि हुने गरेको बताउनु भयो ।

प्रदेश प्रमुख भण्डारीले योगलाई आयुर्वेदसँग जोडेर विकास गर्नका लागि नै नरदेवी आयुर्वेद कलेजले निक्कै पहिलादेखि अध्ययन अध्यापन गर्दै आएको बताउनुहुँदै नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको बताउनु भयो ।

उहाँले सबै प्रकारको रोगबाट लड्न तथा निरोगी बन्नका लागि नियमित रुपमा योगाभ्यास गर्नका लागि सुझाव दिनु हुँदै अहिले विश्व जगत नै योगप्रति आकर्षित हुन थालेकोमा खुशी व्यक्त गर्नुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले युवा वर्गलाई गलत मार्गबाट जोगाउनका लागि योग तथा ध्यान तर्फ आकर्षित गर्न जरुरी रहेको बताउनु हँुदै योगको अभ्यास नियमित रुपमा घर घरमा हुनु पर्ने धारणा राख्नु भयो ।

उहाँले युवा सहित सबै वर्गका व्यक्तिहरू स्वास्थ्य भएको खण्डमा मात्र राष्ट्र स्वास्थ्य भएर समृद्धिको मार्गमा जाने भएकाले मानव जीवन सफल बनाउनामा योग तथा प्राकृतिक चिकित्साको निक्कै ठूलो महत्व भएको बताउनु भयो ।

नेपालको वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत वेवी सहाय मिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको महासभामा २१ जूनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउका लागि प्रस्ताव गरेपछि नेपालसहित १ सय ७२ राष्ट्रले समर्थन गरेपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रमसहित विश्वभरि नै योगदिवस मनाउन थालिएको बताउनु भयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले मानव जीवनलाई मानसिक तथा शारीरिक रुपमा स्वास्थ्य राख्नका लागि नियमित रुपमा योग गर्न आवश्यक भएको बताउनुभयो ।

नेपाल सहित विश्व भरिमा तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय योगदिवस आज देखि मनाउन थालिएको छ । जनकपुरधाममा योगको महत्व दर्शाउनका लागि तीन दिनको कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध