Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

नेपाल सरकारको कर्मचारी नै एमालेको ११औं महाअधिवेशन प्रतिनिधि

Author Avatar न्यूज डेस्क २०८२ मंसिर २८, आईतवार २१:४४
नेपाल सरकारको कर्मचारी नै एमालेको ११औं महाअधिवेशन प्रतिनिधि

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल, कालिकानगरकी एक कर्मचारीले कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि (मतदाता) बनेको तथ्य सार्वजनिक भएको छ। प्राधिकरणकी वरिष्ठ सहायक तथा सिनियर मिटर रिडर कल्पना थापा एमाले महाधिवेशन प्रतिनिधि चयन भएर महाधिवेशनमा सहभागी भएकी हुन्।

महाधिवेशनको उद्घाटन समारोहमा थापा सहभागी भएको तस्बिर सार्वजनिक भएपछि उनले सरकारी कर्मचारीका लागि तोकिएको सेवा सर्त विनियमावली उल्लंघन गरेको पुष्टि भएको हो। विनियमावलीको परिच्छेद १३ को नियम १३० अनुसार कुनै पनि कर्मचारीले राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा संलग्न हुन वा निर्वाचनमा भाग लिन पाउँदैनन्। साथै, कुनै राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दिन, मत माग्न वा राजनीतिक प्रचार–प्रसार गर्न पनि कर्मचारीलाई निषेध गरिएको छ।

प्राधिकरणको वितरण केन्द्र बुटवलका प्रमुख हरि पाण्डेले थापालाई पार्टी राजनीति गर्न चाहे जागिर छाड्न आग्रह गरेको बताएका छन्। उनले यस विषयमा माथिल्लो निकायमा जानकारी गराए पनि हालसम्म कुनै सुनुवाइ नभएको बताए। “सरकारी कर्मचारी राजनीतिक दलको सक्रिय कार्यकर्ता बन्न मिल्दैन, राजनीति गर्न चाहिने हो भने जागिर छाड्नुपर्छ भनेर स्पष्ट रूपमा भनेको हुँ,” पाण्डेले बताए।

कल्पना थापा नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा गरी महिलातर्फ निर्वाचित भएकी थिइन्। १३ जनाबीचको प्रतिस्पर्धामा थापासँगै ज्ञानु केसी र विमला श्रेष्ठ निर्वाचित भएका थिए। तर सो निर्वाचनमा एमालेकै केही वरिष्ठ महिला नेतृहरू पराजित भएका थिए।

निर्वाचनमा सहभागी एक अग्रज महिला नेतृले राजनीति मात्र गर्दै आएका इमानदार महिलाहरू पछाडि पर्ने र सरकारी जागिर खाएर नियम उल्लंघन गर्दै राजनीति गर्नेहरूलाई पार्टी नेतृत्वले प्रश्रय दिनु गलत भएको प्रतिक्रिया दिएकी छन्। उक्त घटनाले सरकारी कर्मचारीको राजनीतिक संलग्नता, नियम कार्यान्वयन र सम्बन्धित निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध