Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

एनसेल जोडिएका ३० वटा मुद्दा सर्वोच्चमा

Author Avatar न्यूज डेस्क २०८१ श्रावण १, मंगलवार २३:३८
एनसेल जोडिएका ३० वटा मुद्दा सर्वोच्चमा

काठमाडौं– दूरसञ्चार व्यवसाय कम्पनी एनसेलसँग जोडिएका ३० वटा मुद्दा सर्वोच्चमा हाल विचाराधीन प्रक्रियामा छन् । ५ वर्षदेखि विभिन्न शीर्षकमा एनसेल पक्ष र विपक्ष रहेका ती मुद्दा सर्वोच्चमा रहेको देखिएको हो ।

सर्वोच्चमा विचाराधीन मुद्दामध्ये अधिकांश पेसी तारेख सार्ने र हेर्न नभ्याइनेमा राखिएको छ । वार्षिक रूपमा अर्बौं रुपैयाँ बराबर कारोबार गर्ने कम्पनीसँग जोडिएका मुद्दाहरू सर्वोच्चमा अग्राधिकारमा नपरेको देखिन्छ ।

फैसला हुँदैनन्, दर्जनौंपटक सर्छन् पेसी

एनसेलले ०७५ कात्तिक १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा दर्ता गरेको रिट निवेदनलाई सर्वोच्चले अहिलेसम्म फैसलामा पुर्‍याएको छैन ।

सर्वोच्चको विवरणअनुसार सो मुद्दामाथि ०७५ कात्तिक १६ गते नै सरकारको नाममा ‘कारण देखाऊ आदेश’ जारी गरेर २६ पटक पेसी तारेखमा र १० पटक हेर्न नभ्याइनेमा राखिएको थियो ।

सो मुद्दामा गएको वैशाख २५ गते मात्रै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुसलमानले फाइल झिकाउने आदेश दिएका छन् ।

त्यस्तै, २०७७ पुस २६ गते र माघ २३ गते एनसेलले अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका विरुद्ध दर्ता गराएको मुद्दामाथि सर्वोच्चले ०८१ वैशाख ३१ गते मात्रै आएर मिसिल झिकाउने आदेश दिएको छ ।

०७७ पुस २९ गते अन्तरिम आदेश जारी गरेपछि २ पटक हेर्न नभ्याइने र २ पटक स्थगित गरिएको सो मुद्दामा सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र विनोद शर्माले वैशाख ३१ गते मात्रै मिसिल झिकाउने आदेश दिएका हुन् ।

एनसेलले सूचना, प्रविधि तथा सञ्चार मन्त्रालय, रेडियो फ्रिक्वेन्सी निर्धारण समिति र नेपाल दूरसञ्चार प्राधिकरण विरुद्धमा २०७८ पुस २७ गते दर्ता गराएको मुद्दा आजका मितिसम्म आउँदा सर्वोच्चले हेर्न नभ्याइनेमा राखेको छ ।

मुद्दा दर्ता गरेको पर्सिपल्ट अर्थात् पुस २९ गते विपक्षीको नाममा कारण देखाऊ र अन्तरिम आदेश जारी गरेर सर्वोच्चले सो मुद्दालाई २३ पटक पेसी तारेख दिएको छ भने ९ पटक हेर्न नभ्याइनेमा र २ पटक पूर्ण सुनुवाइको निम्ति पेश गर्ने आदेश दिएको छ ।

त्यस्तै, एनसेल कम्पनीलाई विपक्षी बनाएर ठूला करदाता कार्यालय, अधिवक्ता, सांसद अमरेशकुमार सिंह र विभिन्न व्यक्तिहरूले दायर गरेका १२ वटा मुद्दाहरू फैसला हुन सकेका छैनन् । जसमध्ये ५ वटा मुद्दा ठूला करदाता कार्यालयले आयकर र अग्रिम आयकरको विषयलाई लिएर दायर गरेका मुद्दाहरू रहेका छन् ।

अर्बौंको व्यवसाय गर्ने कम्पनीका मुद्दा किन पर्दैनन् अग्राधिकारमा ?

गत भदौ ११ गतेबाट सर्वोच्च अदालतले स्वचालित पेसी तारेख प्रणालीको सुरुवात गरेको थियो । तर, अदालतले विशेष प्रकृतिका मुद्दाहरूलाई भनेर अग्राधिकारमा राखेर द्रूत प्रक्रियाबाट निष्कर्षमा पुर्‍याउने गरेको पनि देखिन्छ ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले गत भदौदेखि मुद्दाहरूको पेसी स्वचालित प्रणालीमा हुने गरेको, तर अदालतमा मुद्दाहरूको संख्या बढी भएका कारण विषयगत आधारमा पनि हेर्ने गरिएको बताए । खबरहबसँग कुरा गर्दै प्रवक्ता उप्रेतीले कर्पोरेट मुद्दाहरूको निश्चित कोटा भएकाले सोहीअनुसार एनसेलसँग सम्बन्धित मुद्दाहरू पनि सर्वोच्चले हेर्ने गरेको बताए ।

‘हाम्रो साप्ताहिक पेसी अटोमेसनमा छ, अटोमेसन लागू भएको आगामी भदौमा १ वर्ष हुन्छ । गाम्भीर्यताका आधारमा कमर्सियल, फाइनान्सियल, ट्याक्स लगायतका विषयसँग सम्बन्धित विषयहरूको कोटा छ,’ उनले भने, ‘यहाँ अदालतमा आएपछि जनताका मुद्दा र सरकारका मुद्दाले बराबरी प्राथमिकता पाउँछन् ।’ उनले सबै प्रकारका मुद्दाहरूको ढिलाइ हुँदा एनसेलको पनि ढिला भएको तर्क गरे ।

टङ्कमणि शर्माको नेतृत्वमा एनसेलको खरिद-बिक्री छानबिन गर्न बनेको समितिले माघ १५ गते प्रधानमन्त्रीलाई प्रतिवेदनको निष्कर्षमा ‘एनसेल आजियाटाले नेपाल सरकार समेतलाई कर र गैरकर गरी तिर्नु र बुझाउनुपर्ने ८५ अर्ब रुपैयाँभन्दा बढी रकमको विषय विभिन्न तहका अड्डा, अदालतहरूमा मुद्दाका रूपमा विचाराधीन रहेको देखिएको’, औँल्याएको थियो ।

एनसेलसँग सम्बन्धित पुँजीगत लाभकरको विषय अन्तर्राष्ट्रिय मध्यस्थताबाट टुङ्ग्याए पनि कार्यान्वयनमा आउन सकेको छैन । साथै एनसेलसँग जोडिएका आयकर, फ्रिक्वेन्सी लगायतका मुद्दाहरुपनि सर्वोच्चले समयमा नटुंग्याउँदा अर्बौं रुपैयाँ नवीकरण शुल्क नबुझाएको म्याद सकिन लागेको विषयलाई जोडेर थप शंकास्पद बनाएको छ ।

१९ वटा मुद्दाको फैसला
सर्वोच्चमा परेका एनसेलसँग सम्बन्धित १९ वटा मुद्दाहरू भने फैसला भइसकेका छन् ।

०६९ सालदेखि ०८० भदौसम्म एनसेलले दायर गरेका र एनसेललाई विपक्षी बनाएर दायर भएका १९ वटा मुद्दाहरू फैसला भएको सर्वोच्चबाट प्राप्त विवरणमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध