Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

नेपालको कम्युनिष्ट

Author Avatar न्यूज डेस्क २०८१ श्रावण ११, शुक्रबार ०९:४६
नेपालको कम्युनिष्ट

राम सुफल सदाय

बरियारपट्टी:कोइ ब्यक्ति गरिव मजदुर हुदै शक्तिशाली भएपछि गरिव, मजदुर र किसानको दु:ख र पीडा बुझ्छ भने जरुरी हुदैन । कोइ गरिव मजदुर , सर्वहारा बर्ग र किसानको नाममा पार्टी खोल्दैमा उसको हितमा काम गर्छ नै भने ग्यारेन्टी हुदैन। स्टालिन कम्युनिस्ट पार्टी अथवा सर्वहारा बर्गका नेता आफुलाइ ठान्दथे जो स्वयं एक जुत्ता बनाउनेका छोरा थिए। गरिबी र नफरत भोगेका थिए तर सत्तामा पुग्दा उसले आफ्नो बिरुध उठ्ने ती करोडौं रुसि जनतादेखि आफ्ना सहकर्मीहरुको हत्या गरेकै हुन।हिटलर समान्य परिवारबाट आउँथे तर उसले करोडौं मानिसको नरसंहार गरेकै हुन। त्यसैले गरिव भएर जन्मिएर पछि सत्तामा पुगेका वा गरिव मजदुर वा सर्वहाराको नाममा राजनीति गर्नेहरू आम जनमानसको कल्याण गर्छ भने कुरा भ्रम मात्र हो। सत्तामा पुग्नलाइ आम जनतालाई सिढिको रूपमा मात्र प्रयोग गर्ने गरिन्छ। सत्तामा पुगेपछि मात्र असली चरित्र बाहिर आउँछ कि उ कति गरिव र असहायको पीडा बुझ्छ । गरिव परिवारमा जन्मिएर सत्तामा पुग्दा सम्म उहीँ आचरण र स्वभाव राख्ने अब्राहम लीन्कन शताब्दीमा बिर्लै जन्मिन्छ। जिवनको २७ बर्ष जेलमा बिताएका र चरम यातना भोगेर पनि सत्तामा पुग्दा कसैप्रती द्वेष र राग नराख्ने मन्डेला युगौमा एकाध जन्मिन्छ। तर नेपालमा अहिले आफुलाइ असली कम्युनिस्ट हु । असली सर्वहाराको नेता हु। आफ्नो पार्टिको नाममा मार्क्स लेनिनको नाम झुन्ड्याउने , समाजवादी झुन्ड्याउने आदि इत्यादि । तर नेताहरुको असली चरित्र भनेको सामन्ती नै हो। प्रवृत्ति भनेको तानाशाही नै हो। अहिले पनि प्रतिनिधित्व भनेको सामन्त र बुर्जुवा बर्गको नै गर्ने गरेका रहेछन् । बोलिमा सर्वहारा तर सोच र संस्कार सामन्ती नै रहेछ। लवाइ, खवाइ ,पहिरन र आचरण सामन्ती नै। कुरा समाजवादको तर चरित्र बुर्जुवाको । कुरा समतामूलक समाज बनाउने तर सोच बिभेदकारी र नश्लिय चिन्तनले भरिएका । ओठमा बामपंथी र कार्यशैली दामपन्थीको । वकालत सर्वहाराको गर्ने तर पक्षपोषण दलाल पुन्जिपतिको गर्ने। वास्तविक कम्युनिस्ट हुन त्यति सजिलो कहाँ छ र ? कम्युनिस्ट हुनलाइ सोच बैज्ञानिक हुनुपर्छ । कम्युनिस्ट हुनलाइ अन्धबिश्वासबाट माथी उठ्नुपर्छ। कम्युनिस्ट हुनलाइ चेतनाको स्तर उठाउन सक्नुपर्छ । कम्युनिस्ट हुनलाइ जीवन शैली र आचरण बद्लिनुपर्छ। कम्युनिस्ट हुनलाई बोली ब्यवहार र आचरणमा एकरुपता हुनैपर्छ।अनि मात्र देश र समाज समाजवाद तर्फ अग्रसर हुन सक्छ। तर नेपालमा भैरहेको राजनीतिक अभ्यासलाई नियाल्ने हो भने एउटा अर्को सिद्धांत जन्मिने पक्कापक्की भएछ। त्यो हो ‘बुर्जुवा कम्युनिस्ट ‘।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध