Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

सिराहामा तस्करहरूको बिगबिगी, सीमा क्षेत्रका वासिन्दा त्रसित

Author Avatar न्यूज डेस्क २०८१ भाद्र १, शनिबार १०:५०
सिराहामा तस्करहरूको बिगबिगी, सीमा क्षेत्रका वासिन्दा त्रसित

बरियारपट्टी:पछिल्लो समय सिराहामा नियामक निकायकै सेटिङमा खुल्ला सीमा–नाकाहरुबाट व्यापक रुपमा तस्करी भईरहेको पाईएको छ। जिल्लाका सीमा नाकामा तैनाथ शसस्त्र प्रहरी, सीमा सुरक्षामा खटाइएको नेपाल प्रहरी र भन्सार कार्यालयकै सेटिङमा दिनदहाडै तस्करी भइरहेको हो।

खुल्ला सीमाक्षेत्रमा पर्ने भारतीय बजार लौकाहा, लदनीयाँ, जयनगरलगायतबाट खाद्यान, किरानासामान, लत्ताकपडाजस्ता सामाग्रि नियमनकारी निकायकैकै निगरानीमा मुख्य बाटो नहुदै नियमनकारी निकायहरूकै सल्लाह अनुसार खुला सिमानाको कारण बैकल्पिक बाटोको प्रयोग गरि नेपाल भित्रीने गरेको सीमाक्षेत्रका बासिन्दाहरु बताउँछन्।”यसैलाई भन्छ मुखमा राम-राम बगलमा छुरा”

दैनिक उपभोग्य सामाग्रीसँगै नजिकिदै गरेको चाडपर्वलाई लक्ष्यित गर्दै भारतबाट अहिले नै नागिन पटाका, हाईड्रो बम, बारुद लगायत लागुऔषधको केन्द्रको रूपमा रहेको बरियारपट्टी नाका लगायत अन्य नाकाहरूबाट लागुऔषध समेत भित्रिनथालेपछि सीमाक्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन्। हातहतियारका चोरी पैठारीले सीमावर्तीक्षेत्रमा आपराधिक घटना घट्न सक्ने त्रासमा छन् स्थानीय ।

तस्करी बढेपछि राजस्व घटदै
प्रहरी प्रशासनकै सेटिङ्गका कारण जिल्लाको माडर, औरही, बरियारपट्टी ,नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजस्व असुली अवस्था निरन्तर खस्किदै गइरहेको देखिएको छ।
भन्सार कार्यालय माडर खैरटोकाले गत आर्थिक वर्ष २०८०/०८१मा लक्ष्यको ७९ प्रतिशतमात्र रकम उठाएको छ। कार्याललयले लिएको वार्षिक लक्ष्य ११ करोड ९९ लाख ५६ हजारमा कुल रकमको ७९ प्रतिशत अर्थात ९ करोड ४६ लाख ८ हजार रुपैयाँ मात्र राजस असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका प्रमुख तोयानाथ सापकोटाले जानकारी दिए।

गत आर्थिक वर्षको खैरटोका भन्सारबाट सबै भन्दा बढी एलवेस्टरबाट भन्सार उठेको कार्यालयले जनाएको छ । प्रमुख सापकोटाले पछिल्लो दिनमा आफू हाजिर भएपछि भन्सार संकलनमा वृद्धि भएको बताए। गत फागुन महिनादेखि लक्ष्यभन्दा बढी भन्सार उठेको भएपनि सम्पूर्णमा कम उठेको छ।

 

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध