बरियारपट्टी, सिराहा — नेपाल–भारत खुला सीमा क्षेत्रमध्ये सिराहाको बरियारपट्टी नाका एक हो, जहाँ दैनिक रूपमा उपभोग्य सामानदेखि औद्योगिक कच्चा पदार्थ, कृषिजन्य उत्पादन, निर्माण सामग्री, मोटर पार्ट्स, लत्ता–कपडा, इलेक्ट्रोनिक्स, र विभिन्न स्थानीय–साना उद्योगहरूका सामग्रीहरू आवतजावत हुन्छन्।
बरियारपट्टी नाकामा हाल केही महिना देखि राजस्व सङ्कलनमा उल्लेख्य कमी आएको छ।असोज महिनाको राजस्व सङ्कलन ९ लाख २९ हजार २ सय ४९ रूपैयाँ रहेको थियो भने कार्तिक महिनामा ५ लाख ९४ हजार ११ रूपैयाँ मात्र सङ्कलन भएको छोटी भन्सार कार्यालय बरियारपट्टीले जनाएकाे छ। राजस्व सङ्कलन कमि आउनुको कारण स्थानीयवासीहरूका अनुसार बरियारपट्टी नाकामा खटिएका सशस्त्र प्रहरीका जिम्मेवार पदमा रहेका सुरक्षाकर्मी र केही व्यापारीबीचको मिलेमतो (सेटिङ) भएको आरोप लगाएका छन्। सोही कारण बरियारपट्टी छोटी भन्सार कार्यालयमार्फत उठ्ने नियमित राजस्व घटेको स्थानीय स्रोतले जनाएको छ।
स्थानीय व्यवसायीहरूको दाबीअनुसार, सीमावर्ती क्षेत्रबाट दैनिक रूपमा भित्रिने विभिन्न सामानहरू भन्सार छली गरी प्रवेश गराइने गरेको र यस प्रक्रियामा सुरक्षा निकायका केही जिम्मेवार व्यक्तिको समेत संलग्नता रहेको आशङ्का प्रबल बन्दै गएको छ। राजस्व अधिकारीहरूले पनि पछिल्लो एक महिनामा राजस्व ३६ प्रतिशतले कमि भएको बताए। यस बारेमा सम्बद्ध निकायले छानबिन गर्नुपर्नेमा स्थानीयहरूले जोड दिएका छन्।
“दैनिक रूपमा ठूलो मात्रामा सामान भित्रिन्छ तर राजस्व कलेक्सन झन् घट्दै गएको छ। भारतबाट मालसामान भित्र्याउँदा मुल गेट प्रयोग नगरी सुरक्षाकर्मीकै सहयोगमा “ब्याक रूट” प्रयोग गरी सरसामान भित्र्याउने गरिन्छ । यहाँ स्पष्ट रूपमा मिलेमतो भएको छ,” एक स्थानीय व्यवसायीले नाम नखुलाइ बताए।

. बरियारपट्टी नाकाबाट —राजस्व छली कसरी हुन्छ?
७.१ कागजमा मूल्य घटाएर ‘कम शुल्क’ तिर्ने योजना सहित सामान भित्र्याउने। जस्तैः यदि वास्तविक मूल्य २ लाख, कागजमा ५० हजार।
७.२ सामानको वर्गीकरण परिवर्तन
उच्च कर लाग्ने वस्तु → ‘कम कर’ वर्गमा सार्ने।
७.३ भन्सार–बाहिरबाट सुरक्षाकर्मीहरूले ‘ब्याक–रुट’ प्रयोग गरी सामान भित्र्याउने।सुरक्षा निकायको सहयोग बिना यो सम्भव हुँदैन।
यस घटनाले भन्सार कार्यालयको विश्वसनीयतासँगै सुरक्षा निकायको भूमिकामाथि समेत प्रश्न उठेको स्थानीयवासीहरूको भनाइ रहेकाे छ।











