धनुषाको महेन्द्रनगरस्थित सतलोक आश्रममा तीनदिने कविर प्रकट दिवस भव्यताका साथ मनाईदैछ । कबीर परमेश्वरको ६२७ औं प्रकट दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरु द्वारा असार ६ देखी ८ गते सम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रम असार ६ गते बिहिबार पाठ प्रकाश गरी प्रारम्भ भएको थियो भने दोस्रो दिन शुक्रबार विभिन्न किसिमका समाज सुधारका कार्यक्रमहरु गरि मनाइएको छ ।

सन्त रामपाल महाराजको पावन सान्निध्यमा आदरणीय सन्त गरिबदास महाराजद्वारा रचित अमरग्रन्थ साहेबको पाठ जारी राख्दै २१ नव जोडिहरुको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) गराइएको छ । सामुहिक विवाहमा कुनै प्रकारको सरसामान नगद लेनदेन नगरि कुनै पक्षको एक रुपैयाँ पनि खर्च नगरि सम्पन्न भएको छ ।

सर्व आगन्तुकहरुलाई खाने बस्ने व्यवस्था आश्रम कै तर्फबाट विशाल भन्डारामा गरिएको थियो । मात्र १७ मिनेटको गुरुवाणी द्वारा तेत्तीस करोड देवीदेवताहरुको स्तुति गरी तीनै देवीदेवताहरुको साक्षीमा लाखौं व्यक्तिहरुसामु उक्त विवाह सम्पन्न भएको थियो । यस्ता विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदी सेवन गर्न पूर्ण रुपमा निषेधित हुन्छ।

समाजबाट दाइजोरुपी राक्षसलाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यो विवाह गराइएको जानकारी आयोजकले जनाएका छन् । यस्ता विवाहले समाजमा प्रत्यक्ष प्रभाव पारेको र समाज परिवर्तित भैरहेको जानकारी पनि आयोजकले गराएका छन् ।

यस कार्यक्रममा हजारौंको संख्यामा अनुयायीहरुले नेपाल रेडक्रसलाई रक्तदान पनि गरेका छन् । कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार यादव ज्यू, मधेस प्रदेश सभामुख रामचन्द्र मण्डल ज्यू, सुरक्षा निकायका उच्च अधिकारीहरु लगायत विभिन्न न.पा. का मेयर तथा वडा अध्यक्षहरु,विभिन्न निकायका प्रमुख कर्मचारीहरु, डाक्टर तथा इन्जिनियरहरु लगायत गणमान्य व्यक्तित्वहरुको बहुसंख्यामा सहभागीता रह्यो। कार्यक्रममा कबिर साहेबको प्रकट हुने देखि लिएर पुरै जिवनलीला चित्रण गर्ने आध्यात्मिक प्रदर्शनिहरु पनि लगाइएको थियो ।

आश्रमको सर्व व्यवस्था तथा सन्त रामपालजी महाराजद्वारा बनाइएको भक्ति मर्यादा र अनुशासनलाई देखेर सबैले हृदय देखि नै कार्यक्रम तथा आयोजकका साथै सन्त रामपालजी महाराजको प्रशंसा गरेका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री ज्यूले यो कार्यक्रम, व्यवस्थापन र अनुशासन त राज्यले नै अनुशरण गर्नुपर्ने किसिमको नमुना रहेको कुरा बताउनुभएको छ। विशाल भण्डारामा शुद्ध घ्युमा बनेका लड्डु,जेरी,बर्फि तथा हलुवा प्रसादका साथै पूरी, शब्जी,सलाद, दाल, भात, अचार आदीको व्यवस्था गरिएको थियो ।

आश्रमले जुनसुकै व्यक्ति पनि कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गर्न सक्ने र जति धेरै संख्यामा श्रद्धालु आए पनि सबैलाई निःशुल्क भोजन भण्डारा गराउन तयार रहेको आयोजकले बताएका छन् यसका साथै धेरै भन्दा धेरै संख्यामा आम जनसाधारणलाई कार्यक्रममा सहभागी हुन पनि आमन्त्रित गरि नै रहेको छ। तेस्रो दिन भोग आरती र सत्संग गरी कार्यक्रम सम्पन्न हुने कुरा आयोजकले जनाएका छन् । कार्यक्रमको पहिलो र दोस्रो दिन गरी करीब ५ लाख जति श्रद्धालुहरुको उपस्थित रहेको थियो ।