नरेश यादब
११ साउन ,बरियरपट्टी:पोखरीमा डुबेर सिरहाको बरियारपट्टी गाँऊपालिका-४(सोहपुर) मा एक बालकको मृत्यु भएको छ।
बरियारपट्टी गाउँपालिका-४(सोहपुर) बस्ने तेजु सिंहको ६ बर्षीय छोरा डेबिट सिंहको घर नजिकैको करिब ५० मिटर टाढा रहेको पोखरी डिलमा साथिहरू संग खेल्ने क्रममा पानिमा डुबेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
मृतकको शव परिक्षणको लागि प्रदेशिक अस्पताल सिरहामा राखिएको र घटना बारे बिस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।घटना बाट सिंह परिवार र स्थानीय बासिन्दाहरू गहिरो शोकमा छन।