प्रहरीद्वारा भन्सार छली ल्याइएका २ लाखको कपडा बरामद
बरियारपट्टी:सिरहा धनगढीमाइ नगरपालिका वडा नं.१० जिरोमाइल स्थित बरियारपट्टी जाने भित्री सडक बाटो छेउमा बेवारिसे अबस्थामा पलाष्टिक पोकोमा लुकाइछिपाइ राखेको अबैध रूपमा भन्सार छली गरि ल्याएका करिब ६५ हजार मूल्य बराबरको लत्ताकपडा इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरेको छ।
यसैगरी सिरहा नगरपालिका वडा नं.७ ट्राफिक चौक स्थित जिल्ला प्रहरी कार्यालय सिरहा बाट खटिएको टोलिले माडर बाट चोहर्वा तर्फ जादै गरेका यात्रुवाहक बसलाई रोकि चेकजाँच गर्दा चकलेट ,खानेतेल,जुस,दाल लगायत लत्ताकपडाहरू करिब २ लाख बराबरको सरसमानहरू अबैध रूपमा भन्सार छलि गरि ल्यरहेको अवस्थामा प्रहरीले बरामद गरेको छ।
दुबै स्थान बाट बरामद गरेका सरसामानहरू भन्सार कार्यालय सिरहा माडरमा कानुन अनुसार रित पुर्याइ बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जनाउनु भएको छ।

