सिरहा,बरियारपट्टी: NMB बैंकको सिरहा औरही शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत औरही गाउँपालिका वडा नं. -५ मा रहेका श्री जनता अधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। बैंकले विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले ब्याग-१०२ थान , कापी-५१० थान ,पेन्सिल -१०२ प्याकेट,कटर-१०२ प्याकेट ,इरेजर-१०२ प्याकेट लगायतका शैक्षिक सामग्रीहरू वितरण गरेको छ।
औरही शाखाका प्रबन्धक रबिन यादबले शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै भने, “NMB बैंकले शिक्षा क्षेत्रमा टेवा पुर्याउन निरन्तर योगदान गर्दै आइरहेको छ। आगामी दिनहरूमा पनि बैंकले यस प्रकारका कार्यक्रमहरूको निरन्तरता दिनेछ।”

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक अन्नत लाल यादबले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा वडा नं.-५ का वडा अध्यक्ष रामपृत यादवको उपस्थिति रहेको थियो। विद्यालयले NMB बैंकलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यका लागि अपेक्षा गरेको छ।
कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले बैंकलाई धन्यवाद ज्ञापन गर्दै पठनपाठनमा थप उर्जा प्राप्त भएको बताए। NMB बैंकले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा योगदान पुर्याउने प्रतिवद्धता NMB बैंकले जनाएको छ।











