हुलाकी राजमार्गमा मोटरसाइकल ठक्करबाट एक बालिकाको मृत्यु, चालक फरार
बरियारपट्टी, असोज २७ – सिरहा हुलाकी राजमार्गमा मोटरसाइकल ठक्करबाट एक बालिकाको ज्यान गएको छ। सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका-३ स्थित हुलाकी राजमार्गमा आइतबार करिब ११ बजे मोटरसाइकलले ठक्कर दिएपछि बालिका गम्भीर घाइते भएकी थिइन्। स्थानीयवासी र परिवारको सहयोगमा बालिकालाई उपचारका लागि नजिकैको अस्पताल लाहान पुर्याएका थिए,घाइतेको उपचार लाहनमा सम्भव नभएपछि चिकित्सकले बिराटनगरका लागि रिफर गरेका थिए तर घाइते बालिका बिराटनगर नपुग्दै बाटोमै मृत्यु भएको छ।अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरे।
मृतक बालिका बरियारपट्टी गाउँपालिकन वडा नं.-३ बस्ने अन्दाजी बर्ष ४ कि सरोज साफिको छोरी गंगा कुमारी साफी रहेकि छिन। शवलाई पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल लाहनमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चालक घटनास्थलबाट फरार भएका छन्। घटनाको बारेमा अनुसन्धान भइरहेको र चालकको खोजी कार्य तीव्र रुपमा अघि बढाइएको बताइएको छ।
यो घटनाले स्थानीयवासीमा स्तब्धता छाएको छ भने मृतक बालिकाको परिवार शोकमा डुबेको छ।

