सिरहा।आज राति ०१:१५ बजेको समयमा जिल्ला रौतहट चन्द्रपुर न.पा.४ धन्सार पुल नजिकैको जङ्गगलमा पूर्व पश्चिम राजमार्गमा बाराको  गढीमाई मेला हेरी सिरहा तिर फर्किदै गरेका स्कार्पियो जिप  दुर्घटना भएको छ। गाडीमा सवार  १३ जना मध्य आठ जनाको मृत्युु भैसकेको छ भने बाँकीको हाईवे ट्रम्मा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
हाईवे ट्रम्मा अस्पतालमा उपचाररत :-
१.जिल्ला सिराहा अर्नामा न.पा.३ बस्ने उमेश रामको श्रीमती वर्ष ३० की राधा राम ।
२.ऐ. बस्ने उमेश रामको छोरा वर्ष २ को आर्यन राम ।
३. ऐ. बस्ने गणेश रामको श्रीमती वर्ष २५ की देव कुमारी महरा ।
४.ऐ. बस्ने निजको छोरा वर्ष ७ को रितिक महरा ।
५. जिल्ला सिराहा अरनमा न.पा. ३ बस्ने वर्ष ६० की कन्या देवि महराको भित्री चोट अवस्था गम्भिर बयोधा अस्पताल बिरगञ्ज रेफर गरिएको ।
थप अपडेट ०४:२० :-बजेको समयमा सबै लास परिक्षणको लागि चपुर स्थित सरकारी अस्पतालको शव गृहमा  राखिएको छ।

मृतकको नामावली थप विबरण –
१. जिल्ला सिराहा अर्नामा गा.पा.३ बंठियाटोल बस्ने अ.बर्ष ६० को लरुवती देवी महरा ।
२. ऐ.ऐ.बस्ने अ.बर्ष ३० कि उर्मिला महरा ।
३. ऐ.ऐ.बस्ने अ.बर्ष ५० कि रामकुमारी महरा ।
४. ऐ.ऐ.बस्ने अ.बर्ष ५५ कि महगीं देवी महरा ।
५. ऐ.ऐ.बस्ने अ. बर्ष ६२ कि फुलमन्ति देवी चमार ।
६. ऐ.ऐ.बस्ने अ.बर्ष ६० कि रामकुमारि देवी महरा ।
७. ऐ.ऐ.बस्ने अ.बर्ष ३० कि सकुन्तला देवी महरा ।
८. ऐ.ऐ.५ बलुवाटोल बस्ने बर्ष ४० को स्कारपिओ चालक श्री कुमार यादव ।

घटनाको विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ।