विषादी व्यवसायीद्वारा विरोध प्रदर्शन, दुई दिन पसल बन्द रहने
जनकपुरधाम,असार १४ । जनकपुरधामसहित देश भरका विषादी व्यवसायीहरुले सरकार विरुद्ध प्रदर्शन गरेका छन् । सरकारले कृषि वस्तुमा अनावश्यक कर लगाउने निर्णय गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । शुक्रवार र शनिवार पसल बन्द गरेर विरोध जनाउने निर्णय गरेको विषादी व्यवसायी संघले विभिन्न माग समेत अघि सारेको छ । कृषि वस्तु, सुक्ष्म पोषक तत्व र कृषि औजारमा लगाइएको कर फिर्ता हुनु पर्ने, कृषि प्रधान देशको मूल्य–मान्यता कायम गर्नु पर्ने, किसानलाई किसान हुनुमा गर्व गर्ने वातावरण सिर्जन गर्नु पर्ने लगायतका माग गरि प्रदर्शन गरिएको यूवा व्यवासायी राहुल नाहरले बताउनु भयो ।

