कार्तिक २०,बरियारपट्टी: लक्षण सिंह सहकारी संस्था  लिमिटेड ,बरियारपट्टी गाउँपालिका -५(जिझाैल)ले दसैं , दीपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना अदानप्रदान तथा सम्मान  कार्यक्रमको आयोजना गरी धुमधामसंग सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता  संस्थाको अध्यक्ष अजय यादवले गरेका थिए।

 

संस्थाको शुभचिन्तक बालेश्वर यादवले  शुभकामना मन्तव्य राख्दै यस्ता पर्वले समुदायमा आपसी एकता र भाइचारा कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनले सहकारीको सदस्यहरू बीच एकता, सहयोग र भाइचाराको भावना सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा उपस्थित शिक्षक ,कर्मचारी तथा समाजसेवीरू लाई संस्थाले  उहाँहरूको कामको कदर गर्दै सबैलाई परम्परागत तरिकाले टीका र रातो गमछा लगाई प्रमुख अतिथि र बिशिस्ट अतिथिहरूले सम्मान गरेका थिए।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतो , बिशिष्ट अतिथि उपाध्यक्ष ममता कुमारी यादव र नेशनल माइक्रो फिनान्सका CEO राम बहादुर यादव साथै अतिथिहरू सुखिपुर ब्यापार वाणिज्य समितिका अध्यक्ष सुर्य नारायण यादव,प्रादेशिक  अस्पताल सिरहाका अध्यक्ष सुरेन्द्र यादव,वडा नं.-५ का अध्यक्ष शिवनारायण यादव,भुपु उपाध्यक्ष रेखा कुमारी यादव,भुपु अध्यक्ष भागवत यादव,बिजय महतो,नेकपा एमाले बरियारपट्टी गाउँपालिका कमिटी अध्यक्ष राम सोगारथ यादव, जसपा नेपाल गाउँपालिका अध्यक्ष बद्री नारायण यादव ,नेपाली काङ्ग्रेसका नेता राम किशोर यादव,शिक्षक अमरेश यादवको विशेष उपस्थिती रहेको थियो।

 

कार्यक्रममा प्रमुख अतिथि महतोले दसैं ,दिपावली तथा छठ पर्वको शुभकामना दिदै सहकारी संस्थाको योगदान र सामाजिक कार्यमा संस्थाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यका लागि शुभकामना व्यक्त गरे। बिशिष्ट अतिथिहरूले पनि शुभकामना दिदै  सहकारी संस्थाको सक्रियतालाई थप प्रोत्साहन गर्दै आर्थिक समृद्धि र सामाजिक उत्थानका लागि सहकारीले खेल्नुपर्ने भूमिकामाथि प्रकाश पारे।

अतिथिहरूले शुभकामना मन्तव्य राख्दै संस्थालाई निरन्तर प्रगति र सफलताको कामना गरे। साथै, कार्यक्रममा विभिन्न गतिविधिहरू तथा मनोरञ्जनात्मक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।

सहकारीका अध्यक्ष यादवले सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि संस्थाले सामाजिक र आर्थिक सुधारका कार्यमा सक्रियता बढाउँदै जाने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमलाई समापन गरेका थिए।