सिरहा, वैशाख २६ — नेपाल बार एसोसिएसन सिरहा जिल्ला अदालत बार इकाईको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा विभिन्न पदमा नयाँ पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार बार इकाईमा कुल ८१ जना मतदाता रहेकामा ७८ जना कानुन व्यवसायीले मतदान गरेका थिए। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको तथा कुनै पनि मतपत्र बदर नभएको जनाइएको छ।
निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा अधिवक्ता श्री बिरेन्द्र कुमार लाभ कर्ण विजयी हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा अधिवक्ता श्री जितेन्द्र कुमार यादव, सचिवमा अधिवक्ता श्री सन्तोष कुमार शर्मा तथा सह–सचिव पदमा अधिवक्ता श्री ओम कुमारी साह निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यस्तै कोषाध्यक्ष पदमा अधिवक्ता श्री राम रिझन यादव निर्वाचित हुनुभएको छ भने सदस्य पदमा अधिवक्ताहरू श्री शम्भु श्रेष्ठ, श्री प्रदीप कुमार यादव, श्री नवीन कुमार यादव, श्री राम प्रेम यादव, श्री राम सुफल सदाय, श्री हरि नन्दन यादव, श्री गुरु दयाल महतो तथा श्री ओम शंकर यादव विजयी हुनुभएको छ।
यसैगरी पार्षद सदस्य पदमा अधिवक्ता श्री सन्तोष कुमार सुवेदी, श्री राजदेव यादव, श्री राम स्वरुप चौधरी, श्री बिरेन्द्र कुमार कर्ण तथा श्री कृष्ण बहादुर चौहान निर्विरोध निर्वाचित हुनुभएको छ।
निर्वाचन सम्पन्न भएसँगै नव–निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई कानुन व्यवसायी तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।