सिरहा। युवाहरूमा संसदीय अभ्यास, लोकतान्त्रिक मूल्य मान्यता, नेतृत्व क्षमता तथा नीतिगत बहसको संस्कार विकास गर्ने उद्देश्यले न्याय सेतु समाज (Justice Bridge Society) को आयोजनामा जिल्ला स्तरीय दुईदिने ‘MODEL PARLIAMENT 2026’ कार्यक्रम सञ्चालन हुन गइरहेको छ।

कार्यक्रम २०८३ साल कात्तिक १९ र २० गते श्री जनता माध्यमिक विद्यालय, प्राविधिक धार, बरियारपट्टी–३ मा आयोजना हुनेछ। कार्यक्रममा जिल्लाका विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूसहित करिब ६० जना सहभागी हुने अपेक्षा गरिएको छ।

कार्यक्रममार्फत सहभागीहरूलाई नेपालको संसदीय प्रणाली, संसद्को कार्यप्रणाली, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय बहस तथा लोकतान्त्रिक अभ्यासबारे व्यावहारिक ज्ञान प्रदान गरिनेछ। कार्यक्रममा नमुना संसद् सञ्चालन, सांसदको भूमिका निर्वाह, विधेयक प्रस्तुत तथा छलफल, प्रश्नोत्तर र संसदीय बहसजस्ता गतिविधिहरू समावेश गरिनेछन्।

यस कार्यक्रमले युवाहरूमा आलोचनात्मक सोच, सार्वजनिक अभिव्यक्ति, संवाद, नेतृत्व क्षमता तथा लोकतान्त्रिक प्रक्रियाप्रतिको समझ विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

न्याय सेतु समाजको हार्दिक अनुरोध

जिल्लाभरिका इच्छुक विद्यार्थी साथीहरू तथा विभिन्न विद्यालय र कलेजहरूलाई यस कार्यक्रममा सहभागी हुन तथा इच्छुक विद्यार्थीहरूलाई कार्यक्रममा जोड्नका लागि न्याय सेतु समाज परिवारसँग सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

युवाहरूको सक्रिय सहभागिता, संस्थाहरूको सहकार्य तथा सञ्चारमाध्यमको सहयोगले कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।

कार्यक्रम विवरण

– कार्यक्रम: MODEL PARLIAMENT 2026

– आयोजक: न्याय सेतु समाज (Justice Bridge Society)

– कार्यक्रमको स्तर: जिल्ला स्तरीय

– मिति: २०८३ कार्तिक १९–२० गते

– समय: बिहान १०:०० बजे (बिहीबारदेखि)

– स्थान: श्री जनता माध्यमिक विद्यालय, प्राविधिक धार, बरियारपट्टी–३

– सहभागी संख्या: ६० जना

– अवधि: दुई दिन

कृष्ण राज शर्मा

अध्यक्ष

९८०४७८६७००

न्याय सेतु समाज

(Justice Bridge Society)

Stronger Youth Voice for a Just Society