Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

दसैंमा महिलाले गरे ५० लाखको खसीबोका बिक्री

Author Avatar न्यूज डेस्क २०८० कार्तिक ७, मंगलवार १५:४३
दसैंमा महिलाले गरे ५० लाखको खसीबोका बिक्री

पाल्पा, कात्तिक ७ गते । दसैंमा मात्र यहाँका महिलाले करिव ५० लाखको खसीबोका बिक्री गरेका छन् । जिल्लाको रम्भा गाउँपालिकास्थित फोक्सिङ्कोटका महिलाले दसैंको मुखैमा ४८ लाख २७ हजार रुपियाँको खसीबोका बिक्री गरेका बताएका छन् ।

यहाँका महिलाको सक्रियतामा फोक्सिङ्कोटमा व्यावसायिक बाख्रापालन हुँदैआएको छ । महिलाले घरमा पालेका खसी र बोका दसैंको मौका पारी बिक्री गरिएको उपहार सामाजिक महिला उद्यमी सहकारी संस्थाका व्यवस्थापक कृष्णमाया पाडेँमगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दसैंको मुखमा यहाँका महिलाले झण्डै ५० लाखको खसीबोका बिक्री गर्नुभएको छ, दसैंपछि पनि बिक्री गर्ने योजना छ ।’

दसैंका लागि तयार गरिएको खसीबोका बिक्री गरेर कम्तीमा ५० हजारदेखि एक लाख ८० हजार रुपियाँसम्म आम्दानी गरेको महिलाहरू बताउँछन् । दसैंमा आफूले एक लाख ७१ हजारको खसीबोका बिक्री गरेको स्थानीय बाख्रापालक किसान दुर्गीमाया रानाले बताउनुभयो ।

पछिल्लो समय गाउँपालिकाबाट उत्पादनका आधारमा अनुदान दिन थालेपछि व्यावसायिक बाख्रापालनमा यहाँका महिला आकर्षित भएका छन् । गाउँपालिकाबाट खसी र बोकाको मासुमा प्रतिकिलो ५० रुपियाँ अनुदान पाएको उहाँले बताउनुभयो ।

दसैंको मुखमा रम्भा गाउँपालिकाको रानीबास, झर्लेङ्ग, कोटथर, भञ्ज्याङ्गथोक, बेलौजा, झोकेदी, सुरुमडाँडा, फोक्सिङ्गडाँडा, नम्टाहा, बोरोङ्गसे, गाबुडाँडा गाउँबाट खसीबोका बिक्री भएको बताएका छन् । दसैंमा जिल्लाभित्र र बाहिर ३१५ वटा खसीबोका बिक्री भएको सहकारी संस्थाका व्यवस्थापक पाडेमगरले बताउनुभयो ।

किसानलाई समूहमा आबद्ध बनाई खोर व्यवस्थापन, नश्ल सुधार, उन्नत जातको घाँस विकास, रोग तथा परजीवी नियन्त्रण कार्यलाई व्यवस्थापन गरेपछि व्यावसायिक बाख्रापालन सुधार हुँदैगएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध