Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

सहकारीको रकम लुटपाट गर्ने पक्राउ

Author Avatar न्यूज डेस्क २०८१ असार ५, बुधबार ०८:०८
सहकारीको रकम लुटपाट गर्ने पक्राउ

लुटपाटमा संलग्न रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन ग्रामपञ्चायत बसवरिया–२ का २० वर्षीय मोनुकुमार जैसवाल रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताइन् ।

गत जेठ २२ गते बिहान माँ बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने बौधिमाई–८ का २४ वर्षीय अरविन्द कुमार दासले १७ लाख रुपैयाँ झोलामा राखेर राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न मोटरसाइकलबाट मौलापुरतर्फ गइरहेका थिए । सोही क्रममा विपरीत दिशाबाट आएका तीनजना अपरिचित व्यक्तिहरूले सो रकम लुटपाट गर्ने उद्देश्यले दासलाई पछाडिबाट गोली हानेर फरार भएका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा घटनामा संलग्न अभियुक्तहरू सीमावर्ती भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनको बाबा ग्याङ नामको आपराधिक समूहमा आबद्ध रहेको व्यक्तिहरूसँग साँठगाठ रहेको निष्कर्ष निकालेको थियो । उनीहरू भारत र नेपालको सीमावर्ती इलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

गत असार २ गते साँझ साढे ५ बजेको समयमा मौलापुर ७ बाट घरेलु कटुवा पेस्तोल एक थान, गोली राउण्ड २ थान समेत भारतीय नागरिक जैसवाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गिरीले बताइन् । जैसवालमाथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

आरोपी जायसवाल भारतीय प्रहरीको समेत मोस्ट वान्टेडको सूचीमा रहेका छन् । उनीमाथि घोडासहन र झरौखर थानामा एक दर्जन भन्दा बढी आपराधिक मुद्दाहरू दर्ता रहेको मोतीहारी जिल्लाका प्रहरी उपरीक्षक कान्तेश कुमार मिश्रले बताए । जैसवाल माथि भारतीय क्षेत्रमा अवैध हतियारको कारोबार, लुटपाट, अपहरण, अवैध मदिरा ओसारपसार जस्ता मुद्दा दर्ता रहेको भारतीय प्रहरीले जनाएको छ ।

गत मार्च महिनामा जैसवालले अन्य केही साथीहरूसँग मिलेर भारतीय सीमासुरक्षा बल जमुनिया क्याम्पका एक जना जवान माथि आक्रमण गरेका थिए । सो घटनामा संलग्न अन्य केही अभियुक्त पक्राउ परेका थिए भने मुख्य योजनाकार जैसवाल नेपालतर्फ भागेर जोगिएको एसएसबीले जनाएको छ । जैसवाल केही समय अघि जेल जीवन समेत बिताइसकेको छ ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध