रूपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको छ । बागमती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १७ जना बढी घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए।

बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकाहरूको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ।