बरियारपट्टी– हुलाकी राजमार्ग लाई मधेसको लाइफलाईन भनिन्छ तर  हुलाकी मार्गको सिरहा खण्डमा पर्ने   औरही र अर्नमा गाउँपालिका जोड्ने सहजा खोलाको पुल निर्माण सुस्त हुँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य छन्। अविरल वर्षाका कारण आएको बाढीले पुल निर्माणका लागि दक्षिणपट्टि बनाइएको डाइभर्सन बगाएपछि नजिकै रहेको सिराहा अस्पतालसम्म बिरामी पुर्‍याउनसमेत कठिन भएको स्थानीयको गुनासो छ।

बाढीले डाइभर्सन बगाएपछि हलुका सवारीसाधनको आवतजावतसमेत ठप्प हुँदा औरही, बरियारपट्टि, जिरोमाइल, गोलबजार, चोहर्वा हुँदै सिराहासम्म पुग्न ५५ किलोमिटरको दूरी तय गर्नुपर्ने बाध्य भएको स्थानियहरु बताए। जब कि सहजामा पुल बन्दा करिब सात किलोमिटरको यात्रामै सदरमुकाम पुगिन्छ।

पैदल यात्रु र मोटरसाइकलसम्मका लागि स्थानीय युवाहरूले मोटो प्लाइबोर्ड र जस्ता हालेर अस्थायी बाटो बनाएको भए पनि बिरामी बोक्ने एम्बुलेन्स वारपार हुन नसक्दा तत्काल अस्पताल पुर्‍याउनुपर्ने प्रसूति, सर्पदंश, उच्च रक्तचापका बिरामीको जीवन नै जोखिममा परिरहेको सथानिया बताए।

डाइभर्सन बाढीले बगाएपछि सिराहा–राजविराजसम्म चल्ने सवारीसाधनहरूको आवागमन बन्द भएको छ भने औरही, बरियारपट्टी, नवराजपुर, भगवानपुरसहितका पालिकाकाको सिराहा सदरमुकामसँगको सम्पर्क विच्छेद भएको छ।