बरियारपट्टी गाउँपालिकामा ८० प्रतिश रोपनी सक्यो
हुलाकी टुडे
बरियारपट्टी-सिरहा जिल्ला बरियारपट्टी गाउँपालिकामा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाई सम्मपन भएको छ| कृषकहरुले उत्साहपूर्वक रोपाई गरिरहेका छन् र बाँकि २० प्रतिशत रोपाई केहि दिनमै सम्मपन्न हुने स्थानिय कृषकहरुले जनाएको छ|
बरियारपट्टी गाउँपालिका कृषि शाखाका प्रमूख शत्रुधन यादवका आनुसार,यस वर्ष समयमा बर्षा हुँदा कृषकहरुलाई रोपाई गर्न सजिलो भाएको छ| हामी आशा राखेका छौँ यसपाली धान उत्पादनमा वृद्धि हुनेछ|
कृषकहरुले सुखदु:ख गरेर बालि लगाए पनि केही कृषकहरुले पैसाको अभावले समयमा मल,खाध र बिउ किन्न नसक्दा सम्स्यामा पर्ने गर्दछ|यस्ता कृषकहरुलाई गाउँपालिका बाट अनुदान दिन जरुरी देखिन्छ तर दुर्भाग्य यस्ता कृषकहरुका लागि आफ्नो स्वार्थ पुरागर्ने बाहेक गाउँपालिकाले कुनै कार्यक्रम संचालन गर्न सकेकाछैनन्
यस बिषयमा यादव सँग प्रशन गर्दा तपाँइले यस्ता किसानहरुको लागि के योजना बनाउनु भएको छ? यादव भ्नुभो हामी बसेर आगामी दिनमा आर्थिक अवस्था कमजोर भाएका किसानहरुका लागि सहुलीयत अनुदान दिने कार्यक्रम संचालन गर्छौं भने गोलमटोल जवाफ दिनुभो|

