प्रविन कुमार यादव

काठमाडौं मर्मतका लागि भन्दै काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा  विमानमा सवार १९ जना यात्रु मध्ये १८ जनाको मृत्यु भएका छन् ,जसमध्ये एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा बाबुआमासहित नाबालक छोरा पनि रहेका छन् । यो दु्र्घटनामा सौर्य एयरलाइन्समा प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माले ज्यान गुमाएका हुन् ।

प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर थिइन् । उनी नेकपा एकीकृत समाजवादीको प्रचार विभाग सचिव एवम् पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।

मनुराजले जहाज मर्मतका लागि पोखरा उड्ने भएपछि श्रीमती प्रिजालाई कार्यालयबाट बोलाएका थिए । त्यसैगरी विद्यालय गएका छोरालाई पनि ल्याएर उनले सँगै पोखरा लाँदै थिए ।