सिरहामा लागुऔषध सहित ३ जना पक्राउ
बिजय कुमार यादब
बरियारपट्टी: प्रहरीले लागुऔषध सहित सिरहा बाट तीन जनालाई पक्राउ गरेको छ। सिरहा धनगढिमाइ नगरपालिका वडा नं.८ कसहा बस्ने काशिन्द्र महतोले संचालन गरेको हार्डवेयर पसलको कोठाभित्र लागुऔषध बिक्री वितरण गरीरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अ.प्र.पोष्ट कसहा सिरहाबाट प्र.स.नि.बिष्णुदेव यादवको कमाण्डमा प्रहरी टोली खटि गई कोठा भित्र चेकजाँच गर्दा डसना मुनी लुकाइ छिपाइ राखेको अवस्थामा ब्राउन सुगर जस्तो दिखिने खैरो रङको पदार्थ ४.९० ग्राम ,गाँजा २०ग्राम , मधेश प्रदेश ०१-००४ प २५५५ नं. को मोटरसाईकल १ थान र स्क्रिन टच मोबाईल ३ थान फेला परेको छ।उक्त लागुऔषध सहित पक्राउ परेका तीन जनामा धनगढिमाइ नगरपालिका वडा नं. ७ कसहा बस्ने अंकेश महतो,कसहा-८ बस्ने लालु राय आमात र मुसहरनिया-९ बस्ने पवन साह सुनवार छन। तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

