शोभा कुमारी यादब
बरियारपट्टी:सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं.-३ मा एक युवक मृत फेला परेको छ।
स्थानीयहरूका अनुसार भारतको लदनियँ बाट आईरहेको क्रममा युवकको मृत्यु भएको छ।स्थानीयहरूले तत्कालै स्थानीय प्रहरीलाई खबर गरेका थिए। खबर हुने बितिकै स्थानीय प्रहरीले शवलाई प्रदेशिक अस्पताल सिरहा पठाएका  थिए।
मृतक गोलबजार नगरपालिका वडा नं. ६ लक्ष्मिनियँ टोल बस्ने बिष्णु देब सहनिको छोरा अन्दाजी बर्ष २७ को संदिप सहनि रहेको प्रहरी निरीक्षक दिपक कुमार सिंहले बताए।
शवलाई हाल पोस्टमार्टमको लागि प्रदेशिक अस्पताल सिरहामा राखेको छ।मृत्यु के कति कारणले भयो यसको बिस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।