बरियारपट्टी:मधेसको लाइफलाइन रहेको हुलाकि राजमार्गमा पर्ने सिरहा र धनुषा जोडने हुलाकी नयाँ कमला पुल निर्माणको लागि आज देखि संघर्ष समितिले आमरण अनशन शुरु गर्ने भएका छन । मुख्य मन्त्री सतिश कुमार सिंहलाई गत साउन २७ गते दिएको अल्टिमेटम अनुसार उनिहरु आजै मुख्य मन्त्री कार्यालय अगाडि अनशन बस्ने सम्पुर्ण तैयारी पूरा भएको छ ।
को -को बस्दैछ्न अनशनमा ?
इन्जिनियर प्रविण यादव, भोगेन्द्र साह, सिरहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष इन्द्रजित यादव, वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र कुमार यादव, बल्ड फर नेपालका मनिष कुमार यादव, इन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य इन्जिनियर रुपेश यादव र इन्जिनियर शिवशंकर यादव रहेका छन ।